माछापुछ्रे बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ४७ करोड ८७ लाख ९५ हजार, जगेडामा रु. ७६ करोड ८५ लाख ९५ हजार, निक्षेप रु. ३७ अरब १३ करोड २० लाख ९३ हजार, कर्जा लगानी रु. २९ अरब ५४ करोड १४ लाख ९ हजार र अन्य लगानी ३ अरब ४६ करोड १२ लाख ४ हजार रहेको छ |
नाफा नोक्सान
२ अरब ८३ करोड ७१ लाख ६० हजार व्याज आम्दानी गरी १ अरब ७२ करोड ३ लाख ६७ हजार व्याज खर्च गरेको छ | खुद व्याज आम्दानी १ अरब ११ करोड ६७ लाख ९२ हजार र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी २८ करोड ८० लाख ७१ समेत गरि कुल संचालन आम्दानी रु. १ अरब ४० करोड ४८ लाख ६३ हजार गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. ७४ करोड ३७ लाख ३ हजार रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १७ करोड ७ लाख ८ हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ४५ करोड ७ लाख १३ हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १०.३८%, खराब कर्जा १.७८%, कर्जा निक्षेप अनुपात ७३.२९%, आधार दर ८.२५%, व्याजदर अन्तर ५.४१%, लागतमा प्रतिफल १३.८७%, प्रति शेयर आम्दानी वार्षिक रु. १८.१८, मूल्य आम्दानी अनुपात २५ (भाद्र २२ गतेको मुल्यमा), प्रति शेयर खुद सम्पति रु १३१.०१ रहेको छ |
विश्लेषण
बैंकको निक्षेप, कर्जा र अन्य लगानी क्रमशः ३७, ३६ र ४३ प्रतिशतले बढेको छ | कुल व्याज आम्दानी करिब १७% ले बढेको छ भने व्याज खर्च करिब १६% बढेको छ | नियमित संचालन आम्दानीमा व्याज बाहेक शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानीको हिस्सा करिब २०.५% रहेको छ | खुद व्याज आम्दानी १८% ले बढेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही र अन्य संचालन आम्दानी करिब १९% बढेको छ / खुद आम्दानी २०३% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको करिब ४७% रहेको छ | तुलनात्मकरुपमा यसलाई अत्याधिक नै मान्नुपर्छ /
जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा तल रहेको छ | कर्जा निक्षेप अनुपात तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष २.८४% रहेको खराब कर्जा करिब ३७.३२% घटेर १.७८% मा झरेको छ | अगिल्लो वर्ष ४५ करोड भन्दा बढी रकम खराब कर्जा वापत व्यवस्था गर्नु परेकोमा यस वर्ष खराब कर्जा घटेकोले १७ करोड मात्र व्यवस्था गर्नुपरेकोले खुद आम्दानीमा वृद्धि देखिएको छ | खराब कर्जा बापत बैंकले कुल संचालन आम्दानीको करिब २३% रकम छुट्टयाएको छ | बैंकको आधार दर र व्याज दर अन्तर अगिल्लो वर्ष भन्दा घटेको भए पनि आम्दानीमा वृद्धि नै देखिएको छ |
बैंकले गत वर्षको आम्दानीबाट १४% सम्म लाभांश दिनसक्छ | बैंकको निक्षेप बढेको र जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा तल रहेकोले यस वर्ष अनिवार्यरुपमा बोनस शेयर जारी गर्नुपर्ने देखिन्छ | स्ट्यान्डर्ड फाइनान्ससंग मर्ज गर्दा प्राप्त भएको रु. १५ करोड premium मा रहेको रकमबाट यस वर्ष न्यूनतम ६% बोनस शेयर र केहि नगद लाभांश समेत दिनसक्ने देखिन्छ /- Mr Jyoti Dahal

No comments:
Post a Comment