Tuesday, August 26, 2014

Araniko Development Bank Ltd : Fundamental Analysis of FY 2070/71

अरनिको डेभलपमेन्ट बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २२ करोड ३० लाख २३ हजार, संचित कोष ४ करोड ९९ लाख ७ हजार ४ सय ४०, निक्षेप १ अरब २ करोड १८ लाख ९८ हजार, कर्जा लगानी ९० करोड १४ लाख ७७ हजार र अन्य लगानी ३१ लाख ४५ हजार हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी ५ करोड ४४ लाख २५ हजार ९ सय ४० र अन्य आम्दानी ३ करोड १२ लाख ५७ हजार गरी जम्मा ८ करोड ५६ लाख ८२ हजार ९ सय ४० कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ४ करोड ८० लाख ७५ हजार १ सय २० रहेको छ /


खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. २ करोड ९६ लाख ६८ व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. २ करोड ८८ लाख ९५ हजार २ सय ९० खुद नाफा गरेको छ /

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति २२.५०%, खराब कर्जा १.९२%, खराब कर्जाको लागि व्यवस्था ११८.८५%, CD Ratio ७०.७३%, PE ratio १३, networth रु. १२२.३६, प्रति शेयर कुल सम्पतिको मूल्य रु. ६२८.४८, ROE १०.५७%, प्रति शेयर आम्दानी वार्षिक रु. १२.९४ रहेको छ /

विश्लेषण
दोलखामा रहेको सूर्य डेभलपमेन्ट बैंकलाई गाभे पछी बैंकको कार्यक्षेत्र समेत विस्तार भई १० जिल्ला पुगेको छ | बैंकको अगिल्लो वर्ष निक्षेप र लगानी क्रमशः करिब ४९ र ३५ प्रतिशतले बढ्दा पनि खुद आम्दानी ७% मात्र बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा करिब ३७% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः १३ र १७ प्रतिशतले बढेको छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको ४३% रहेको छ / तुलनात्मकरुपमा यसलाई बढी नै मान्नुपर्छ | यसलाई घटाउन सकेमा बैंकको आम्दानीमा वृद्धि हुन्छ | जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको छ जसको प्रत्यक्ष असर आम्दानीमा परेको छ | अगिल्लो वर्ष २.४% रहेको खराब कर्जा २०% ले घटेर १.९२% झरेको छ | चैत्र मसान्तमा ६.२९% रहेको थियो | खराब कर्जा घटेको हुनाले आम्दानीमा वृद्धि देखिएको छ |
बैंकले साधारण शेयर जारी गरेर चुक्ता पूँजी २० करोड पुरयाए पछि र सूर्य डेभलपमेन्ट बैंकलाई गाभे पछी बढेको चुक्ता पूँजीमा गत वर्ष ५% बोनस शेयर दिएर पुनः बढाएको थियो | अब पूँजी वृद्धि गरिहाल्ला जस्तो देखिंदैन | बैंकले गत वर्षको आम्दानीबाट १०% सम्म नगद लाभांश दिनसक्छ / तर संचित कोषबाट केहि रकम झिकेमा ५% बोनस र ५% नगद लाभांश पनि दिनसक्छ |  Mr Jyoti Dahal

No comments:

Post a Comment