Sunday, August 24, 2014

Chilime Hydropower Co. Ltd (CHCL) - Fundamental Analysis for FY 2070/71

चिलिमे जलविद्युत कम्पनीको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा र लगानी
नेपाल विध्युत प्राधिकरणको ५१% स्वामित्व रहने गरी सहायक कम्पनीको रुपमा खडा गरिएको चिलिमे जलविद्युत कम्पनीको चुक्ता पूँजी रु. २ अरब २७ करोड १३ लाख ६० हजार रहेको छ / संचित कोषमा रु. ४ अरब ४६ करोड ३९ लाख ३३ हजार रहेको छ / २ अरब ६६ करोड लगानी समेत गरेको छ | 

प्रशासनिक खर्च, ह्रास कट्टी तथा खुद नाफा
विद्युत विक्रीबाट रु. ९८ करोड ५० लाख ३ हजार र व्याज तथा अन्य आम्दानीबाट २२ करोड २५ लाख ८९ हजार गरी कुल रु. १ अरब २१ करोड ९२ हजार कुल आम्दानी गरेको देखिन्छ / प्रशासनिक, ह्रास कट्टी, तथा अन्य खर्च रु. २७ करोड १४ लाख २७ हजार कटाएर कम्पनीले रु. ९३ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको छ |

प्रमुख सूचकहरु
प्रति शेयर आम्दानी वार्षिक रु. ४१.३७, मूल्य आम्दानी अनुपात ५४, प्रति शेयर खुद सम्पति रु. २९६.५४, प्रति शेयर कुल सम्पतिको मूल्य रु. ३०१.५१ र ROE १३.९५% रहेको छ | 

विश्लेषण
कम्पनीले अगिल्लो वर्ष ३०% ले चुक्ता पूँजी बढाएको छ | चुक्ता पूँजी बढेको अनुपातमा आम्दानी वृद्धि हुन नसके पनि विद्युत बिक्रि आम्दानी भने अगिल्लो वर्ष भन्दा १.६९% ले बढेको छ | यसो हुनुको कारण २०६९/०७० देखि विद्युत खरिद बिक्रि दरमा ६% ले वृद्धि भएकोले बढेको कुरा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ मौसमी प्रतिकुलता नभएमा पर्याप्त पानी परेमा कम्पनीले अझ बढी युनिट उत्पादन गर्न सक्ने र त्यसबाट आम्दानी बढ्न सक्ने देखिन्छ /
प्रारम्भमा चिलिमे आफ्नो सहायक कम्पनीको रुपमा लगानी बढाएको सान्जेन, रसुवागढी र मध्य भोटेकोशी तीनवटा कम्पनी अहिले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमा रुपान्तरण भएका छन् र चिलिमेको अब संस्थापक हैसियत मात्र रहेको छ | यी कम्पनी मार्फत ४ वटा आयोजना बनिरहेका छन् जसको कुल जडित क्षमता २७१ मेगावाट रहेको छ / यी सबै आयोजना पुरा हुन अझ केहि समय लाग्ने नै देखिन्छ /
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले प्रति शेयर रु. ३३ सम्म दिनसक्ने देखिन्छ | कम्पनी संस्थापक भएका ३ वटा कम्पनीमा २ अरब ६६ करोड लगानी गरिसकेको र अब १ अरब ६६ करोड लगानी थप्नुपर्ने देखिएको छ | (यो रकम अनुमानित हो) उल्लेखित रकमको तुरुन्त आवश्यकता देखिएमा बोनस शेयर अलि बढी नै जारी गर्न पनि सक्छ | तत्काल आवश्यकता नदेखिएको खण्डमा कम्पनीले यसपटक धेरै नाफा नदिई आगामी वर्ष बोनस शेयर बढाउन सक्छ | Mr Jyoti Dahal

No comments:

Post a Comment