Thursday, August 21, 2014

Citizens Bank International Ltd (CBIL) - Fundamental Analysis for FY 2070/71

सिटिजन्स बैंक इन्टरनेशनलको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब १० करोड १८ लाख ४ हजार, संचित कोष ८३ करोड ९१ लाख ५४ हजार, डिबेन्चर ५० करोड, सापटी ४५ करोड ७२ लाख ४५ हजार, निक्षेप २७ अरब ९६ करोड ३४ लाख ५५ हजार, कर्जा लगानी २३ अरब १७ करोड ३६ लाख ५७ हजार र अन्य लगानी २ अरब ७१ करोड ९८ लाख १५ हजार रहेको छ / 

नाफा नोक्सान
खुद व्याज आम्दानी १ अरब ७ करोड २८ लाख ८८ हजार र अन्य आम्दानी ३३ करोड ६६ लाख ४० हजार गरी जम्मा १ अरब ४० करोड ९५ लाख २८ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ९७ करोड ६२ लाख ६८ हजार रहेको छ / 

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ४३ करोड ७७ लाख ६९ हजार व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ५६ करोड १२ लाख ६९ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १३.६४%, खराब कर्जा २.४०%, खराब कर्जाको लागि व्यवस्था १०१.६२%, CD Ratio ७४.९८%, आधार दर ८.१६%, औसत व्याजदर अन्तर ४.९९%, ROE १९.०८%, प्रति शेयर आम्दानी वार्षिक रु. २६.६८, प्रति शेयर कुल सम्पतिको मूल्य रु. १५६७, PE ratio २१, networth रु. १३९.९२ रहेको छ /

विश्लेषण
निक्षेप र लगानी क्रमशः २२ र २९ प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा २४% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः ४ र ५७ प्रतिशतले बढेको छ / बैंकको खुद आम्दानी अगिल्लो वर्ष भन्दा करी १५ करोडले बढेको छ जुन करिब ३६% हुन्छ / करिब कर्मचारी र संचालन खर्च कुल आम्दानीको ३०% रहेको छ / तुलनात्मकरुपमा यसलाई कम नै मान्नुपर्छ / जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / चैत्र मसान्तमा २.३९% रहेको खराब कर्जा असार मसान्तमा बढेर २.४०% पुगेको छ जसले गर्दा आम्दानी राम्रो हुँदाहुँदै पनि कुल आम्दानीको ४४% रकम खराब कर्जा वापत व्यवस्था गर्नमा छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ /
बैंकले साधारण शेयर जारी गरेर चुक्ता पूँजी २ अरब पुरयाए पछी एक पटक मात्र पूँजी बढाएको छ / बैंकले लगानी बढाउनको लागि बोनस शेयर जारी गर्नुपर्ने देखिए पनि नेपाल हाउजिंग एण्ड मर्चेन्ट फाईनान्स लिमिटेडलाई किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोले र अरु पनि संकटमा रहेको वित्तीय संस्थालाई किन्ने कुरा उच्च अधिकृतहरुले सार्वजनिक गरेकाले बैंकले पूँजी वृद्धि गर्न बोनस शेयर जारी गरिहाल्ला जस्तो स्थिति छैन / बैंकले गत वर्षको आम्दानीबाट नगद लाभांश दिएमा २०% सम्म र बोनस र नगद वा बोनस मात्र दिएमा १२ देखि १५% सम्म दिनसक्छ / तर संचित कोषबाट केहि रकम झिकेमा लाभांश बढ्न पनि सक्छ /
राय सुझाबको अपेक्षा सहित कुनै गल्ति भेटिएमा सच्याउन सहयोग गरिदिनु होला / धन्यवाद!!!!
(प्रस्तुत विश्लेषण २०७० असार मसान्तमा आधरित छ / - Mr Jyoti Dahal

No comments:

Post a Comment