Thursday, August 21, 2014

Bishwa Bikas Bank Limited - Fundamental Analysis for FY 2070/71

विश्व विकास बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी ३६ करोड ३६ लाख, जगेडा १२ करोड ३४ लाख ८६ हजार, निक्षेप ३ अरब ७९ करोड ५७ लाख ८४ हजार, कर्जा लगानी ३ अरब १७ करोड ३४ लाख ९५ हजार र अन्य लगानी २२ लाख २८ हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी १६ करोड ५८ लाख १३ हजार र अन्य आम्दानी ४ करोड २२ लाख ८३ हजार गरी जम्मा २० करोड ८० लाख ९६ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. १२ करोड ७६ लाख ८१ हजार रहेको छ /

provision, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ८४ लाख ७२ हजार provision गरेको छ / provision, कर्मचारी बोनस, अन्य आम्दानी, कर र provision बाट आएको फिर्ता पश्चात रु. ७ करोड ८७ लाख ३७ हजार खुद नाफा गरेको छ /

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १३.०९%, खराब कर्जा ०.२१%, CD Ratio ७४.१५%, आधार दर ११.७१%, networth रु. १३४.२७, PE ratio १५, प्रति शेयर आम्दानी वार्षिक रु. २१.८५, प्रति शेयर कुल सम्पतिको मूल्य १२५७ छ /

विश्लेषण
चुक्ता पूँजी, निक्षेप र लगानी क्रमशः ४३, २२ र २१ प्रतिशतले बढेको छ / खुद व्याज आम्दानी १५% ले बढेको छ भने कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा २०% रहेको छ / यसबाट बैंकको आम्दानी परिचालनमा विविधिकरण गर्नको लागि अन्य लगानी अझ बढाउनु पर्ने देखिन्छ / कुल आम्दानी १६% ले र खुद आम्दानी अगिल्लो वर्ष भन्दा ३४% ले बढेको छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको झन्डै ३९% रहेको छ / तुलनात्मकरुपमा यो अलि बढी हो यसलाई घटाउन सकेमा खुद आम्दानीमा वृद्धि हुनसक्छ /
जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको संकेत गर्छ / CD ratio अलिक बढी छ जसले गर्दा बैंकको व्याज खर्च बढाएको छ / यसको प्रत्यक्ष असर आम्दानीमा परेको छ / खराब कर्जा शुन्य सरह रहेको मान्न सकिन्छ यसले जोखिम व्यवस्थापन ठीकसँग गरेर लगानी गरेको देख्न सकिन्छ /

बैंकले साधारण शेयर जारी गरेर चुक्ता पूँजी २० करोड पुरयाए पछी पनि लगातार पूँजी वृद्धि गरिरहेको छ यसबाट बैंकले लगानी बढाईरहेको देख्न सकिन्छ / एक पटक मात्र नगद लाभांश दिएको र त्यसपछि बोनस र नगद लाभांश र गत वर्ष १८% बोनस शेयर जारी गरेको थियो / बोनस शेयर जारी गरे पछी पनि साबिकको चुक्ता पूँजीमा २५% हकप्रद समेत जारी गरेको थियो / बैंकले गत वर्षको आम्दानीबाट मात्र लाभांश दिएमा नगद र बोनस गरि १६% सम्म र संचित कोषमा रहेको रकमबाट केहि रकम झिकेमा नगद र बोनस गरि २०% सम्म दिनसक्छ /
राय सुझाबको अपेक्षा सहित कुनै गल्ति भेटिएमा सच्याउन सहयोग गरिदिनु होला / धन्यवाद!!!!
(प्रस्तुत विश्लेषण २०७० असार मसान्तमा आधरित छ / - Mr Jyoti Dahal

No comments:

Post a Comment