Thursday, August 21, 2014

Shine Resunga Dev. Bank Ltd - Fundamental Analysis for FY 2070/71

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
बुटवलको शाइन डेभलपमेन्ट बैंक र गुल्मीको रेसुंगा विकास बैंक गाभिएर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक क्षेत्रीयस्तरको विकास बैंक हो / ५४ करोड ९८ लाख ९२ हजार चुक्ता पूँजी र जगेडामा २१ करोड ९३ लाख १३ हजार रहेको छ / निक्षेप ४ अर्ब ९० करोड ६० लाख १७ हजार रहेको छ र कर्जा लगानी ४ अर्ब ३० करोड १४ लाख १० हजार र अन्य लगानी १० लाख रहेको छ / 

नाफा नोक्सान
खुद व्याज आम्दानी २८ करोड ७७ लाख १७ हजार र अन्य आम्दानी ४ करोड ७६ लाख २५ हजार गरी जम्मा ३३ करोड ५३ लाख ४२ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. २६ करोड १५ लाख ४५ हजार रहेको छ / 

provision, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १ करोड ५१ लाख २० हजार provision गरेको छ / provision, बोनस, अन्य आम्दानी, कर र provision बाट आएको फिर्ता पश्चात रु. १६ करोड १९ लाख ७५ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १६.२५%, खराब कर्जा ०.३८%, CD ratio ७५.७९%, व्याज अन्तर ६.४७%, networth रु. १३९.८८, PE ratio १६, प्रति शेयर आम्दानी वार्षिक रु. २९.४६, प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. १०५५.५३ रहेको छ / 

विश्लेषण
निक्षेप र कर्जामा भएको वृद्धिको परिणाम आम्दानी राम्रो देखिएको छ / निक्षेप २२% र कर्जा लगानी ३८% ले बढेको छ / आम्दानीमा व्याजको हिस्सा बढी भएपनि १४% अन्य आम्दानी देखिएकोले आम्दानीमा विविधिकरण गरेको नै मान्नुपर्ने हुन्छ / संचालन तथा कर्मचारी खर्च कुल आम्दानीको २२% मात्र देखिनुले व्यवस्थापकीय कुशलताको परिचय दिएको छ / खराब कर्जाको मात्रा अगिल्लो आ.व. र अगिल्लो त्रयमास भन्दा घटेको छ / यसले बैंकले लगानी गर्दा होशियारी अपनाएको देख्न सकिन्छ /
जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा ६०% प्रतिशत बढी देखिएको छ / जोखिम भारित सम्पत्ति बढी देखिनुको कारण बैंकले चौथो त्रयमासमा दुई बराबर एक हकप्रद शेयर जारी गरेको थियो र जसबाट चुक्ता पूँजी झन्डै ५०% वृद्धि भएको छ / यसको बाँडफाँड आर्थिक वर्षको अन्तिम दिन गरेको थियो / यसबाट बैंकको चुक्ता पूँजी बढे पनि लगानी गर्न समय पर्याप्त नहुनु नै हो / क्षेत्रीयस्तरमा रहेर पनि यस बैंकले निकै राम्रो ख्याती कमाएको देखिन्छ / स्थापनाको छोटो समयमा नै शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छ / स्थापनाकालमा रहेको चुक्ता पूँजी बढेर ५४ करोड पुगिसकेको छ / बैंकले जारी गरेको हकप्रद शेयरलाई ICRA Nepal ले grade 3 दिएको थियो / यसबाट पनि बैंकको स्थिति सवाल र मजबुत रहेको देखाउछ /
बैंकले लगातार राम्रो प्रतिफल दिईरहेकोले गत आर्थिक वर्षको आम्दानीबाट १५-१८% सम्म बोनस शेयर दिएमा रास्ट्रियस्तरको विकास बैंक बन्ने बाटो समेत खुल्नेछ / र अहिले वाणिज्य बैंकहरुले क्षेत्रीयस्तरका राम्रा बैंकहरुलाई आफुमा गाभ्ने वा किन्ने प्रक्रिया शुरु गरेकोले यो बैंक पनि निकट भविष्यमा नै कुनै बाणिज्य बैंकसँग गाभिन सक्छ /
राय सुझाबको अपेक्षा सहित कुनै गल्ति भेटिएमा सच्याउन सहयोग गरिदिनु होला / धन्यवाद!!!!
(प्रस्तुत विश्लेषण २०७० असार मसान्तमा आधरित छ /)-Mr Jyoti Dahal

No comments:

Post a Comment