Wednesday, September 10, 2014

Nepse down by 9.44 to close at 910.62

बजार घटेका बेला सेयर किनेका केही स्टक ब्रोकर तथा ठूला लगानीकर्ता छोटो समयमै नाफा बुक गरेका कारण १७ अंकले बृद्धि भएको बजार ९.४४ अंकले घटेर बन्द भएको छ। मंगलबार मात्र बजार पाँच प्रतिशतभन्दा वढीले बृद्धि भएको थियो।
बुधबार बजारमा १४१ वटा कम्पनीको सेयर किनबेच भएको छ। ४६ करोड पाँच लाख रुपैयाँको कारोबार भएको बजारमा होटल, फाइनान्स कम्पनी र अन्य समूहको सुचक बृद्धि भएको छ। बाँकी सुचकहरु घटेका छन्।
बिनाकुनै कारण बजार घटेको भन्दै धितोपत्र वोर्डले नडराइ लगानी गर्न आग्रह गरिसकेको छ। मंगलबार मात्रै प्रधानमन्त्रीका सल्लाहकार डा.चिरिञ्जिवी नेपाल, स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलिया र वोर्डका निर्देशकहरु निरज गिरि र परिष्ठ पौडेलले अहिले बजार बढ्ने बेला भएको भन्दै नडराइ लगानी गर्न आग्रह गरेका थिए।
बुधबार सबैभन्दा वढी जलविद्युत समूह करिव ७६ अंक, उत्पादनमूलक समूह करिव १४ अंक र बैंकिङ समूह १२ अंकभन्दा वढीले घटेका छन्। सुरुमा सबै समुहहरु बढेका थिए। बिमा समूह २५ अंकभन्दा वढीले घटेको छ।
सेयर ब्रोकरहरुले आफैले सेयर बिक्री गर्न थालेपछि बजार घटेको लगानीकर्ता र नियामक निकायहरुले दावी गरेका छन्। bizmandu

No comments:

Post a Comment