Friday, August 22, 2014

Lumbini Bank Ltd. - Fundamental Analysis of FY 2070/71

लुम्बिनी बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १ अरब ८८ लाख ७५ लाख ३५ हजार, संचित कोष ७५ करोड ७६ लाख ६१ हजार, निक्षेप १७ अरब २५ करोड २३ लाख ५९ हजार, कर्जा लगानी १४ अरब २४ करोड ७१ लाख ३९ हजार र अन्य लगानी २७ करोड ३० लाख ९० हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी ५३ करोड २० लाख ८९ हजार र अन्य आम्दानी ९ करोड ६८ लाख ७३ हजार गरी जम्मा ६२ करोड ८९ लाख ६२ हजार आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ३८ करोड २३ लाख २९ हजार रहेको छ / 

provision, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १६ करोड १६ लाख ७५ हजार provision गरेको छ / provision, कर्मचारी बोनस, अन्य आम्दानी, कर र provision बाट आएको फिर्ता पश्चात रु. २४ करोड ३२ लाख ५२ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १६.६३%, खराब कर्जा ०.८८%, CD Ratio ७२.२२%, आधार दर ८.८%, व्याज दर अन्तर ४.३७, प्रति शेयर आम्दानी वार्षिक रु. १२.८८, (कम्पनीले प्रकाशित गरेको असार मसान्तको प्रतिवेदनमा कम्पनीले रु. १७.१८ देखेको छ तर खुद आम्दानी र चुक्ता पूँजी अनुसार हिसाब गर्दा रु. १२.८८ देखिन्छ), networth रु. १४०.१४, PE ratio ३५ (कम्पनीका अनुसार २५ हुन्छ), रहेको छ / 

विश्लेषण
निक्षेप र लगानी क्रमशः ६० र ५५ प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा १५% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः ७ र ६४ प्रतिशतले बढेको छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको ४०% रहेको छ / तुलनात्मकरुपमा यसलाई अलि बढी नै मान्नुपर्छ / संचालन खर्च घटाउन सकेमा आम्दानी वृद्धि हुने भएकोले यसतर्फ बैंकले ध्यान दिनुपर्ने देखिन्छ / जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ /
जोखिम भारित सम्पति CD Ratio तोकिएको सिमा भन्दा बढी हुनुको कारण नवदुर्गा फाईनान्सलाई असारमा गाभेको कारण पूँजी बढे पनि लगानी गर्ने समय नपुग भएकोले हुनसक्छ / खराब कर्जा त्यति धेरै हैन यसलाई सामान्य नै मान्नु पर्छ / तर बैंकले खर्ब कर्जा बापत १६ करोड भन्दा बढी provision गरेको छ / किन यति धेरै रकम व्यवस्था गरिएको हो त्यसको कुनै कारण वित्तीय विवरणमा उल्लेख गरेको छैन, जबकी चैत्र मसान्तको वित्तीय विवरणमा खराब कर्जाको मात्रा १.५३% हुँदा पनि यति नै रकम व्यवस्था गरेको थियो / provision गरेको रकमको अंक १६ नभएर यसलाई १ करोड ६१ लाख ६७५ गरेको खण्डमा बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा देखाएको प्रति शेयर आम्दानी १७.१८ पैसा मिल्न आउँछ / यसो भएमा बैंकको नेटवोर्थ पनि १४५ भन्दा माथि हुन्छ /
बैंकको चुक्ता पूँजी अझ सम्म पनि तोकिएको सीमामा नपुगेको र चुक्ता पूँजी नपुर्याएका सस्थाले नगद लाभांश बाँड्न नपाउने गरि केन्द्रीय बैंकले मौद्रिक नीतिमा उल्लेख गरेकोले यस बैंकले पनि बोनस शेयर जारी गर्नु पर्ने वाध्यता रहेको छ / यस हिसाबले हेर्दा बैंकले अनिवार्य रुपमा ६% बोनस शेयर दिनु पर्ने देखिन्छ /
एकताका धरासायी भइसकेर सुधारको प्रक्रियामा रहेको बैंकले अहिले राम्रो वृद्धि गरिरहेको छ / विगत ३ वर्ष देखि लगातार बोनस मात्रै दिईरहेको छ / यसपटक पनि बैंकले अनिवार्य दिनुपर्ने बोनस शेयर बाहेक आफ्नो आम्दानीबाट थप ४% थपेर जम्मा १०% बोनस दिसक्छ / यसबाहेक बैंकसँग कारण नवदुर्गा फाईनान्सलाई गाभ्दा केहि रकम swap वापत प्राप्त गरेकोले सो रकम बोनस दिई केहि नगद पनि आशा गर्न सकिन्छ /- Mr Jyoti Dahal

No comments:

Post a Comment