Friday, August 29, 2014

Janata Bank Ltd. : Fundamental Analysis of FY 2070/71

जनता बैंक नेपालको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ६ करोड, संचित कोष १५ करोड ३ लाख ८२ हजार, निक्षेप १८ अरब ४४ करोड २१ लाख ५४ हजार, कर्जा लगानी १५ अरब ९८ करोड ५२ लाख ४९ हजार र अन्य लगानी ९१ करोड ५ लाख ११ हजार रहेको छ / 


नाफा नोक्सान
खुद व्याज आम्दानी ५३ करोड ७८ लाख ८९ हजार र अन्य आम्दानी ३ करोड १७ लाख ७४ गरी जम्मा ५६ करोड ९६ लाख ६३ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. २५ करोड ५९ लाख ५५ हजार रहेको छ /

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १३ करोड १९ लाख ८७ व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ८ करोड ८१ लाख ७१ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १२.८६%, खराब कर्जा १.०२%, CD Ratio ७७.३३%, आधार दर १०.२६%, औसत व्याजदर अन्तर ३.८८%, ROE ३.९९%, प्रति शेयर आम्दानी वार्षिक रु. ४.२८, प्रति शेयर कुल सम्पतिको मूल्य रु. १०४२.८, PE ratio ७५, networth रु. १०७.३ रहेको छ /

विश्लेषण
निक्षेप र लगानी क्रमशः ३६ र ३२ प्रतिशतले बढे पनि आम्दानी त्यहि अनुपातमा बढ्न सकेको देखिंदैन | कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा ५.५% रहेको छ / अन्य आम्दानी कम देखिनुको प्रमुख कारण विदेशी मुद्रा सटहीमा बैंकले ६ करोड भन्दा बढी घाटा व्यहोर्नु पनि हो | खुद व्याज आम्दानी ११ ले र अन्य आम्दानी विदेशी मुद्र सटहीले गर्दा घाटा भएकोले अगिल्लो वर्ष भन्दा घटेको छ | बैंकको खुद आम्दानी अगिल्लो वर्ष भन्दा करिब ११ करोड भन्दा बढीले घटेको छ जुन करिब ५५% हुन्छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको आधा भन्दा बढी ५५% रहेको छ / संचालन खर्च अगिल्लो वर्ष भन्दा बढेको छ यसलाई अगिल्लो वर्ष बराबर गर्न सकेमा आम्दानी बढ्छ | अहिलेको खर्चलाई तुलनात्मकरुपमा बढी नै मान्नुपर्छ | जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा तथा कर्मचारी र संचालन खर्च घटाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ /
बैंकको खराब कर्जा अगिल्लो वर्ष ०.२३% रहेकोमा यस वर्ष ३४३% बढेर १.०२% पुगेको छ | तर चैत्र मसान्तमा १.३९% रहेकोमा असार मसान्तमा भने घटेको छ | खराब कर्जाको लागि सन्चालन आम्दानीको झन्डै ५२% रकम छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ /

गत आर्थिक वर्षको नाफाबाट बैंकले ३% सम्म नगद लाभांश दिनसक्छ | संचित कोषमा पर्याप्त रकम नभएकोले संचितिबाट रकम झिक्नसक्ने अवस्था रहेको छैन |

No comments:

Post a Comment