Tuesday, August 26, 2014

Civil Bank Ltd : Fundamental Analysis for FY 2070/71

सिभिल बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ६९ करोड ८९ लाख २५ हजार, संचित कोष ३८ करोड ६५ लाख १० हजार, निक्षेप २२ अरब ३ करोड ४२ लाख ९० हजार, कर्जा लगानी १८ अरब ६७ करोड १ लाख ४८ हजार र अन्य लगानी १ अरब ५३ करोड ५१ लाख ९० हजार १५ हजार रहेको छ /
नाफा नोक्सान
खुद व्याज आम्दानी ६१ करोड २७ लाख ७६ हजार र अन्य आम्दानी १७ करोड ७७ लाख १४ गरी जम्मा ७९ करोड ४ लाख ९० हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ४२ करोड १० लाख ७१ हजार रहेको छ / 


खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. २६ करोड ७५ लाख २५ व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. २४ करोड ६२ लाख २८ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १४.९२%, खराब कर्जा १.८८%, खराब कर्जाको लागि व्यवस्था ११३.४८%, CD Ratio ७७.०२%, आधार दर ९.४४%, खुद व्याजदर अन्तर ३.३६%, ROE ७.९८%, प्रति शेयर आम्दानी वार्षिक रु. ९.१२, प्रति शेयर कुल सम्पतिको मूल्य रु. ९४२.०६, PE ratio २१, networth रु. ११४.३२ रहेको छ / 

विश्लेषण
निक्षेप र लगानी क्रमशः ४१ र ५१ प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा २२% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः ३९ र ३८ प्रतिशतले बढेको छ / बैंकको खुद आम्दानी अगिल्लो वर्ष भन्दा १२ करोड ५० लाख भन्दा बढीले बढेको छ जुन करिब १०३% हुन्छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको करिब ४७% रहेको छ / तुलनात्मकरुपमा यसलाई बढी नै मान्नुपर्छ तर अगिल्लो त्रयमास भन्दा केहि घटेको छ | जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा तथा कर्मचारी र संचालन खर्च घटाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / बैंकको खराब कर्जा अगिल्लो वर्ष ०.५% रहेकोमा यस वर्ष २७६% बढेर १.८८% पुगेको छ | चैत्र मसान्तमा १.५७% रहेको खराब कर्जा असार मसान्तमा बढेर १.८८% पुगेको छ जसले गर्दा आम्दानी राम्रो हुँदाहुँदै पनि सन्चालन आम्दानीको ६३% रकम खराब कर्जा वापत व्यवस्था गर्नमा छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ /
बैंकले साधारण शेयर जारी गरेर चुक्ता पूँजी २ अरब पुरयाए पछी एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था गाभिएर चुक्ता पूँजी वृद्धि भएको छ र गाभिएका संस्थाबाट केहि रकम swap ratio बाट प्राप्त भएको छ |
गत आर्थिक वर्षको नाफाबाट बैंकले ७% सम्म नगद लाभांश तथा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था गाभिएर प्राप्त भएको swap ratio को रकमबाट केहि बोनस शेयर दिनसक्ने सम्भावना भए पनि त्यो रकम अहिले नै खर्च गर्नुपर्ने कुनै बाध्यता नभएकोले आगामी वर्ष पनि हुनसक्छ | संचित कोषबाट रकम झिक्नसक्ने अवस्था रहेको छैन | Mr Jyoti Dahal

No comments:

Post a Comment