Thursday, August 21, 2014

Nerude Laghubitta Bikas Bank - Fundamental Analysis for FY 2070/71

नेरुड़े लघुवित्त बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १० करोड, जगेडा १३ करोड ७७ लाख ८३ हजार ३ सय २० रहेको, सदस्यहरुको बचत निक्षेप ५१ करोड ५ लाख ७६ हजार, सापटी ७५ करोड ११ लाख १० हजार रहेको, कर्जा लगानी १ अरब २७ करोड ५३ लाख ६० हजार रहेको छ र अन्य लगानी ३ करोड ३ लाख १९ हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी १७ करोड ८६ लाख ४० हजार र अन्य आम्दानी २ करोड ७८ लाख ८१ हजार गरी जम्मा २० करोड ६५ लाख २१ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ११ करोड ४३ लाख ९४ हजार रहेको छ /

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १ करोड २३ लाख ३४ हजार व्यवस्था गरेको छ / खराब कर्जा वापतको व्यवस्था, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ६ करोड ४९ लाख ४६ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १८.०९%%, खराब कर्जा १.३%, networth रु. २३७.७८, PE ratio २३, प्रति शेयर आम्दानी वार्षिक रु. ६४.९५, प्रति शेयर कुल सम्पतिको मूल्य १६७५, तरलता अनुपात २४ रहेको छ / 

विश्लेषण
सदस्यहरुको बचत निक्षेप ३१% बढेर गएको छ भने सापटी ३% ले मात्र वृद्धि भएको छ / कर्जामा ३६% उल्लेखनीय वृद्धि देखिएको छ / सापटीमा भन्दा सदस्यहरुको बचत निक्षेपमा वृद्धि देखिनाले बैंक आफ्नै श्रोतमा बढी निर्भर हुन खोजेको देखिन्छ / बचत परिचालन बढ्नाले बैंकको साख राम्रो देखिएको छ / सापटीमा बढी व्याज तिर्नुपर्ने र सापटी दिने ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था आफैले सहायक कम्पनीको रुपमा लघुवित्त बैंक खोल्ने वा आफैले लघुवित्त पनि संचालन गर्न लागेकोले पनि लघुवित्त बैंक आफैले बचत परिचालनलाई प्राथमिकतामा राख्नुपर्ने स्थिति आएको छ / यस कारण नै यस बैंकले सापटी कम लिन थालेको र आफैले बचत परिचालन गर्न थालेको देख्न सकिन्छ /
कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा १३% रहेको छ / यसबाट बैंकको आम्दानी परिचालन पक्ष राम्रो देख्न सकिन्छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको झन्डै ४५% रहेको छ / कार्यक्षेत्र ग्रामीण भेग भए पनि संचालन खर्च तुलनात्मक हिसाबले हेर्दा यसलाई सामान्य नै रहेको मान्नुपर्ने हुन्छ / अगिल्लो वर्ष ५५% पूँजी बढेर पनि आम्दानीमा राम्रो वृद्धि देखिएको छ / खुद व्याज आम्दानी ३८% ले बढे पनि अन्य आम्दानी भने घटेको छ / बैंकको खुद आम्दानी अगिल्लो वर्ष भन्दा १ करोड ८८ लाख भन्दा बढी छ जुन करिब ४१% हुन्छ / जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको संकेत गर्छ / गत वर्ष खराब कर्जा ०.८८% मात्र रहेकोमा यसपाला त्यो बढेर १.३% पुगेको छ जसले गर्दा आम्दानी राम्रो हुँदाहुँदै पनि कुल आम्दानीको १०% रकम खराब कर्जा वापत छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ /
कुल ४६ शाखा- उपशाखा कार्यालयबाट बैंकले सेवा प्रवाह गरिरहेको छ / करिब ७५ हजार विपन्न वर्गलाई सेवा पुर्याउन सकेको कुरा बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ /
बैंकले अहिलेसम्म ८ करोड रुपैया बराबरको बोनस शेयर दिईसकेको छ / पहिलो वर्ष १००%, दोश्रो वर्ष ४०%, तेश्रो वर्ष १५% र चौथो वर्ष ५५% बोनस शेयर दिएर बैंकले शुरुको २ करोड चुक्ता पूँजी १० करोड पुरयाएको छ / नगद लाभांश भने अहिलेसम्म जम्मा ४०% मात्र दिएको छ / बोनस र नगद गरि अहिलेसम्म २५०% दिएको छ /
बैंकले गत वर्षको आम्दानीबाट नगद लाभांश दिने सम्भावना न्यून छ किनभने केन्द्रीय बैंकले लघुवित्तलाई चुक्ता पूँजी बढाउन मौद्रिक नीति मार्फत निर्देशन दिएकोले यस बैंकले पनि चुक्ता पूँजी बढाउनु पर्ने वाध्यता रहेको छ / बैंकको कार्यक्षेत्र देशव्यापी भएकोले पूँजी बढाउनु पर्ने र बैंकसंग राम्रो संचिति पनि रहेकोले संचित कोषबाट झिकेर भए पनि ५०% बोनस शेयर जारी गर्न सक्छ /
राय सुझाबको अपेक्षा सहित कुनै गल्ति भेटिएमा सच्याउन सहयोग गरिदिनु होला / धन्यवाद!!!!
(प्रस्तुत विश्लेषण २०७० असार मसान्तमा आधरित छ / - Mr Jyoti Dahal

No comments:

Post a Comment