Thursday, August 28, 2014

Grand Bank Ltd. - Fundamental Analysis of FY 2070/2071

ग्राण्ड बैंक नेपाल लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
स्तरोन्नति भइ वाणिज्य बैंक बन्ने यो पहिलो विकास बैंक हो / साबिकमा डेभलपमेन्ट क्रेडिट बैंक र स्तरोन्नति भइ डिसिविएल बैंक हुँदै हाल ग्राण्ड बैंक नेपाल लिमिटेडको रुपमा यसले अहिले कारोबार गरिरहेको छ / चुक्ता पूँजी २ अरब, जगेडा कोष १ अरब ४२ करोड ३६ लाख १२ हजार ऋणात्मक, निक्षेप २१ अरब २० करोड १२ लाख ३३ हजार, कर्जा लगानी १५ अरब १४ करोड ९९ लाख ४७ हजार र अन्य लगानी १ अरब ५७ करोड १५ लाख ४० हजार रहेको छ | 

नाफा नोक्सान
खुद व्याज आम्दानी ३८ करोड ५१ लाख ९२ हजार र अन्य आम्दानी १६ करोड ९ लाख ४२ हजार गरी जम्मा ५४ करोड ६१ लाख ३४ कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. २७ करोड ६७ लाख ६ हजार रहेको छ /

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १ अरब ९३ करोड ६ लाख ३४ हजार व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात पनि रु. १ अरब ६० करोड ६५ लाख ७४ हजार खुद नोक्सानीमा रहेको छ | 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १४.९२%, खराब कर्जा १९.०९%, CD Ratio ७१.१९%, आधार दर ९.६८%, खुद व्याजदर अन्तर ४.६८%, ROE २७८.७३% ऋणात्मक, प्रतिशेयर आम्दानी वार्षिक रु.८०.३३ ऋणात्मक, PE ratio २१, networth रु. २८.८२ ऋणात्मक र २.९८ ऋणात्मक रहेको छ / 

विश्लेषण
बैंक घाटामा भए पनि निक्षेप र लगानी क्रमशः १० र ४ प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा २९% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः २५ र ४ प्रतिशतले बढेको छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको झन्डै आधा ५०% छ / तुलनात्मकरुपमा यसलाई बढी नै मान्नुपर्छ | बैंक घाटामा रहेकोले जोखिम भारित सम्पति सिमा भन्दा धेरै नै तल रहेको छ | बैंकको खराब कर्जा अगिल्लो वर्ष ३.५२% रहेकोमा यस वर्ष ४४२% ले बढेर १९.०९% पुगेको छ | 


विशेष विश्लेषण
लगातार कार्यकारी बनेका सुधिर खत्रीको बहिर्गमन पछि हाल परशुराम कुँवरको नेतृत्वमा रहेको छ | कुँवरको आगमन पश्चात यस बैंकले गति लिने धेरैले अनुमान गरेका छन् / र यति बेला कुँवरलाई बैंकको खराब कर्जा उठाई बैंकलाई सुधार गर्ने दायित्व रहेको छ | कुँवर बैंकिंग क्षेत्रका विज्ञ र लामो समय नेपाल बैंक सुधार प्रक्रियामा आवद्ध रहेका व्यक्ति भएकाले छिटै नै सुधार हुनेछ भन्ने आशा राख्न सकिन्छ | बैंक अत्यधिक घाटामा रहेकोले सुधार प्रक्रियामा रहुन्जेल शेयरधनीले लाभांश पाउने कल्पना नगरे हुन्छ | तर बैंकका उच्च अधिकारीका अनुसार बैंकको खराब कर्जा बढेको र त्यसलाई खाम्न सक्ने धितो रहेकोले त्यसको लिलामी प्रक्रिया अब छिटै नै शुरु गर्ने र बैंकलाई सहि बाटोमा ल्याउने बताएका छन् |- Mr Jyoti Dahal

No comments:

Post a Comment