Tuesday, September 30, 2014

Butwal Power Company (BPC) - Fundamental Analysis of FY 2070/71 & Dividend prediction

बुटवल पावर कम्पनी लिमिटेडको विश्लेषण
पूँजी, जगेडा र लगानी
नेपाल विध्युत प्राधिकरणको समेत शेयर रहेको यस कम्पनीको चुक्ता पूँजी १ अरब ६७ करोड ३२ लाख २३ हजार, संचित कोषमा रु. १ अरब ७१ करोड ९४ लाख ५३ हजार, दीर्घकालीन कर्जा ९९ करोड ९० लाख ३५ हजार रहेको छ |

प्रशासनिक खर्च, ह्रास कट्टी तथा खुद नाफा
विद्युत विक्रीबाट रु. ५१ करोड ४२ लाख १४ हजार, लाभांशबाट ३९ करोड ३६ लाख १५ हजार, विदेश मुद्राबाट १२ लाख र अन्य आम्दानी ३ करोड २८ लाख १२ हजार गरि ९४ करोड १८ लाख ४६ हजार कुल आम्दानी गरेको देखिन्छ / आयोजना संचालन तथा वितरण, प्रशासनिक, ह्रास कट्टी, कर्मचारी बोनस, कर, ऋणको व्याज खर्च पश्चात ४१ करोड ३१ लाख ५६ हजार खुद आम्दानी गरेको छ |
प्रमुख सूचकहरु
प्रति शेयर आम्दानी वार्षिक रु. २४.६९, मूल्य आम्दानी अनुपात ५४ (भाद्र २२ गतेको मुल्यमा), प्रति शेयर खुद सम्पति रु. २०२.७६, लागतमा प्रतिफल र १२.१७% रहेको छ |
विश्लेषण
कम्पनीले संचालन र वितरण गरिरहेको झिमरुक विद्युत आयोजनाको बिद्युत खरिद-बिक्रि सम्झौता २०७० श्रावणदेखि समाप्त भएको र अहिलेसम्म नविकरण नभएकोले यसको वास्तविक आम्दानी कति हो थाहा हुन् सकेको छैन | कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा पहिला लागु रहेको मूल्य आधार मानेर आम्दानी देखाएको छ | नवीकरण पश्चात यसको आम्दानीमा वृद्धि हुसक्छ | कम्पनीले हाल काबेली र न्यादी आयोजना बनाईरहेको छ | त्यस्तै आँधीखोला आयोजना स्तर वृद्धि गरिरहेको छ र यो आगामी कार्तिक- मंगसिर महिनामा सम्पन्न हुँदैछ | कम्पनीले तल्लो मनांग मर्स्यांग्दी आयोजना समेत अघि बढाएको छ |
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment