Thursday, September 4, 2014

Sana Kisan Bikas Bank Limited (SKBBL) - Fundamental Analysis of FY 2070/71

साना किसान विकास बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २३ करोड ६ लाख ८२ हजार ३ सय, जगेडा ६५ करोड ८६ लाख ७५ हजार ५ सय ५०, सापटी ५ अरब २२ करोड ३५ लाख ४३ हजार ४ सय ७०, कर्जा लगानी ५ अरब ३६ करोड ६२ लाख २६ हजार २ सय र अन्य लगानी २० करोड १० लाख १० हजार रहेको छ /
नाफा नोक्सान
खुद व्याज आम्दानी २३ करोड ८ लाख ४० हजार १ सय ६०, १७ र अन्य आम्दानी १८ लाख ५४ हजार २ सय नब्बे गरी कुल आम्दानी २३ करोड २६ लाख ९४ हजार ४ सय पचास गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. १७ करोड ८४ लाख ७८ हजार १ सय ७० रहेको छ /

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १ करोड ४३ लाख ९ हजार ७ सय ८० व्यवस्था गरेको छ / खराब कर्जा वापतको व्यवस्था, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात खुद नाफा रु. ११ करोड ५५ लाख ४५ हजार ४ सय ५० गरेको छ /

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १२.५०%%, खराब कर्जा ०.११%, प्रति शेयर खुद सम्पति रु. ३८५.५३, मूल्य आम्दानी अनुपात २५.९५ (भाद्र १६ गतेको अन्तिम मूल्य), प्रति शेयर आम्दानी वार्षिक रु. ५०.०९, प्रति शेयर कुल सम्पतिको मूल्य २८९०.१४, तरलता अनुपात १९.८८ रहेको छ र लगानीमा प्रतिफल १३.२०% रहेको छ |

विश्लेषण
वित्तीय संस्थाबाट लिने सापटी करिब ३८% ले वृद्धि भएको छ / कर्जामा करिब ४८% को उल्लेखनीय वृद्धि देखिएको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा नगन्य नै रहेको छ | कर्मचारी र संचालन खर्च कुल आम्दानीको झन्डै २४% मात्र रहेको छ जुन तुलनात्मक हिसाबले कम हो | अगिल्लो वर्ष १५% पूँजी बढेर पनि आम्दानीमा राम्रो वृद्धि देखिएको छ / खुद व्याज आम्दानी २८% ले बढेको छ | बैंकको खुद आम्दानी अगिल्लो वर्ष भन्दा करिब ३ करोड ले बढेको छ जुन ३४% हुन्छ / बैंकले खर्ब कर्जा बापत छुट्याएको रकमबाट उल्लेख्यरुपमा फिर्ता ल्याएको छ जसले नाफा बढाउनमा सहयोग पुगेको छ|
जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा केहि मात्र माथि रहेको छ | गत वर्ष खराब कर्जा ०.६५% रहेकोमा यसपाला त्यो ८३.०७% ले घटेर ०.११% मा आइपुगेको छ |
बैंकले आफ्ना साझेदार संस्था मार्फत देश भरि नै बिपन्न वर्गलाई कर्जा प्रवाह गरिरहेको प्रकाशित विवरणमा उल्लेख छ | बैंकले अहिले लघुवित्त संस्थाहरुको लगानीमा दोहोरोपना हटाउनको लागि एक कार्यक्षेत्र एक साझेदार नीति लिएको बताएको छ | यसबाट लगानी सुरक्षित हुने र कर्जाको दुरुपयोग रोकिने स्थिति रहन्छ |
बैंकले गत वर्ष १५% बोनस र ११% नगद सहित २६% लाभांश बाँडेको थियो | बैंकले गत वर्षको आम्दानीबाट ४०% सम्म लाभांश बाँड्न सक्ने स्थिति छ | त्यसमा के कति हुनसक्छ ठ्याक्कै भन्न सकिन्न तर सापटी बढाएको हेर्दा पूँजी पर्याप्तता अनुपात कम हुने देखिएको छ गत वर्ष भन्दा सापटी ३८% ले बढेको हिसाबले हेर्दा यसले सापटी घटाउने कुरै आउदैन यो अझ बढ्छ सापटी बढ्दै जाँदा लगानी र कार्यक्षेत्र पनि स्वाभाविकरुमा बढ्छ | अनुमान अनुसार यस पटक बैंकले ३०% सम्म पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment