Wednesday, September 10, 2014

Oriental Hotel Ltd. (OHL) announced 10% bonus shares for fy 2070/71

सर्वसाधारणमा सेयर जारी गरेको करिब १४ बर्षपछि ओरयण्टल होटेलले आफ्नो लगानीकर्तालाई प्रतिफल दिन सक्षम भएको छ । पहिलो पटक लाभांश दिन लागेको होटेलले कर सहित १० प्रतिशत बोनस सेयरको घोषणा गरेको हो । हाल ४९ करोड ७१ लाख रुपैयाँ चुक्तापूँजी रहेको होटेलले बोनस सेयर दिएपछि चुक्तापूँजी करिब ५४ करोड ६८ लाख रुपैयाँ पुग्ने छ ।
द्वन्द्वकाल पछि पयर्टन व्यवसायमा आएको मन्दिले होटल व्यवसायमा असर परेपछि कतिपय होटेलहरु बन्द हुने समेत अवस्था आएको थियो । अघिल्लो आर्थिक बर्षसम्ममा होटेल घाटामा रहेको र लाभांश वितरण गर्न नसकिएको होटेलले उल्लेख गरेको छ ।

अघिल्लो आवमा १५ करोड ९४ लाख सञ्चित नोक्सानमा रहेको होटेलले गत आव २०७०/७१ मा २१ करोड एक लाख रुपैयाँ नाफा कमाउन सफल भएपछि लाभांश घोषणा गरेको हो । होटेलले प्रस्ताव गरेको लाभांश साधारण सभाले पारित गर्न बाँकी छ । होटेलको साधारण सभा यही असोज २४ गते जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रमा हुने भएको छ ।
होटेलले गत आवमा एक अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको थियो । कुल ६३ करोड रुपैयाँ सञ्चालन खर्च रहेको होटेलले ४४ कारेड ४३ लाख सञ्चालन मुनाफा कमाएको थियो । - bizmandu

No comments:

Post a Comment