Tuesday, September 30, 2014

Yeti Development Bank Ltd - Fundamental Analysis of FY 2070/71

यति डेभलपमेन्ट बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १ अरब ३८ करोड ८२ लाख ३३ हजार, जगेडा कोष ३७ करोड ४५ लाख ४ हजार ऋणात्मक, सापटी १० करोड, निक्षेप ६ अरब ४६ करोड ५२ लाख २४ हजार, कर्जा लगानी ५ अरब ५० करोड ४८ लाख ७६ हजार र अन्य लगानी ३५ करोड ८६ लाख ८६ हजार रहेको छ |
नाफा नोक्सान
खुद व्याज आम्दानी १५ करोड ४८ लाख ६ हजार र अन्य आम्दानी ३ करोड ७५ लाख ७२ हजार गरी जम्मा १९ करोड २३ लाख ७८ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ५ करोड ९ लाख ३८ हजार रहेको छ /
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ८५ करोड ७ लाख ९१ हजार व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात पनि रु. ३५ करोड १० लाख ४९ हजार खुद नोक्सानीमा रहेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १६.०३%, खराब कर्जा १२,५१%, कर्जा निक्षेप अनुपात ७३.७१%, आधार दर १२.२५%, ROE ४२% ऋणात्मक, प्रतिशेयर आम्दानी वार्षिक रु.३३.३७ ऋणात्मक, मुल्य आम्दानी अनुपात ४ ऋणात्मक, प्रति शेयर खुद सम्पति ८०.२० ऋणात्मक रहेको छ /
विश्लेषण
साबिकमा घरेलु तथा साना उध्योग विकास बैंकको रुपमा कारोबार गरेकोमा पछी मनकामना डेभलपमेन्ट बैंक हुँदै हाल यति फाइनान्स, भ्याली फाइनान्स र मनकामना डेभलपमेन्ट बैंक गाभिएर यति डेभलपमेन्ट बैंक बनेको हो |
शुरु देखि नै घाटामा संचालन हुँदै आएको बैंक भए पनि निक्षेप र लगानी क्रमशः १०४ र ७० प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा १९% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः ३६ र ९७ प्रतिशतले बढेको छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको ७३% भन्दा बढी छ / तुलनात्मकरुपमा यसलाई बढी नै मान्नुपर्छ |
बैंकको व्याज खर्च अत्यधिक रहेको छ | कुल व्याज आम्दानी करिब ५२ करोड मध्ये ३६ करोड भन्दा ७०% व्याज खर्च देखिएको छ | यसले बैंकले अधिक व्याजमा निक्षेप लिएको देख्न सकिन्छ | बैंकले लगानी गर्ने आधार दर १२.२५% रहेको छ जुन केन्द्रीय बैंकले बाणिज्य बैंकलाई तोकेको भन्दा पनि बढी हो | बैंकले अन्य श्रोतबाट खासै कमाउन सकेको छैन |
बैंक घाटामा भए पनि जोखिम भारित सम्पति सिमा भन्दा धेरै नै माथि रहेको छ | बैंकको खराब कर्जा अगिल्लो वर्ष १७.६६% रहेकोमा यस वर्ष २९.१६% ले घढेर १२.५१% मा झरेको छ | बैंक अगिल्लो वर्ष भन्दा ३६०% भन्दा बढी घाटामा छ | अगिल्लो वर्ष बैंकको चुक्ता पूँजी १ अरब मात्र थियो | बैंकसँग गाभिएका यति फाइनान्स मात्र नाफामा रहेको थियो | यति बेला बैंकको खराब कर्जा उठाई बैंकलाई सुधार गर्ने प्रमुख दायित्व रहेको छ | बैंक अत्यधिक घाटामा रहेकोले सुधार प्रक्रियामा रहुन्जेल शेयरधनीले लाभांश पाउने कल्पना नगरे हुन्छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment