Tuesday, September 16, 2014

Himalayan Bank Ltd (HBL) - Fundamental Analysis of FY 2070/71 & dividend prediction

हिमालयन बैंक लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. २ अरब ८९ करोड ८० लाख, जगेडा रु. ३ अरब ५० करोड ४६ लाख १५ हजार, डिबेन्चर १ अरब १० करोड, निक्षेप रु.६४ अरब ६७ करोड ४८ लाख ४८ हजार, कर्जा लगानी रु.४६ अरब ४४ करोड ९३ लाख २९ हजार र अन्य लगानी १९ अरब ८४ करोड २० लाख ६० हजार रहेको छ |
नाफा नोक्सान
व्याज आम्दानी ४ अरब ७४ करोड ४५ लाख ९० हजार तथा व्याज खर्च २ अरब २४ करोड ८७ लाख ९८ हजार पश्चात खुद व्याज आम्दानी २ अरब ४९ करोड ५८ लाख १ हजार गरेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी १ अरब २४ करोड ९३ लाख ७५ हजार समेत गरि रु. ३ अरब ७४ करोड ५१ लाख ७६ हजार कुल संचालन आम्दानी गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. २ अरब ६ करोड ५४ लाख ५९ हजार रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. २७ करोड ८५ लाख ४६ हजार हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. १ अरब १० करोड २८ लाख ६ हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति ११.५८%, खराब कर्जा २.५८%, कर्जा निक्षेप अनुपात ७०.८७%, आधार दर ८.६३%, खुद व्याजदर अन्तर ४.५४%, लागतमा प्रतिफल १८.८५%, प्रति शेयर आम्दानी वार्षिक रु. ३८.०५, मूल्य आम्दानी अनुपात २२.८९ (भाद्र २६ गतेको मुल्यमा) र प्रति शेयर खुद सम्पति रु २२०.९३ रहेको छ |
विश्लेषण
बैंकको निक्षेप, कर्जा र अन्य लगानी क्रमशः २२ र १३ र ५३ प्रतिशतले बढेको छ | व्याज आम्दानी २.५% ले मात्र बढेको छ भने खर्च ६% बढेको छ | व्याज आम्दानी र व्याज खर्चको अनुपात करिब आधा रहेको छ | कुल व्याज आम्दानीको ४७% रकम व्याज खर्च भएको छ | व्याज खर्च बढेकोले खुद व्याज आम्दानी ०.५% ले घटेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी २३% ले बढेको छ र नियमित संचालन आम्दानीमा यसको हिस्सा ३३% रहेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी, खराब कर्जा बापत कम व्यबस्था, गैर-संचालन आम्दानी र असामान्य गतिविधिबाट भएको आम्दानी बढेकोले खुद आम्दानी करिब १७% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको करिब ४५% रहेको छ | तुलनात्मकरुपमा यसलाई बढी मान्नुपर्छ /
जोखिम भारित सम्पति तोकिएको सीमामा रहेको छ | कर्जा निक्षेप अनुपात तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष २.८९% रहेको खराब कर्जा करिब ११% घटेर २.५८% मा झरेको छ | खराब कर्जा घटेकोले कम व्यवस्था गरेकोले खुद आम्दानीमा वृद्धि देखिएको छ | खराब कर्जा बापत बैंकले करिब २८ करोड छुट्टयाएको छ | बैंकको आधार दर र व्याज दर अन्तर घटेको भए पनि निक्षेप, कर्जा र अन्य लगानी क्रमशः २२ र १३ र ५३ प्रतिशतले बढेकोले खुद आम्दानी बढेको छ |
बैंकले वर्षको आम्दानीबाट ३०% सम्म लाभांश दिनसक्छ | अगिल्लो वर्ष ५% बोनस र १०% नगद लाभांश दिएको थियो | यस वर्ष पनि बैंकले १०% बोनस र १५% नगद लाभांश आशा गर्न सकिन्छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment