Monday, September 15, 2014

Nepal Bangladesh Bank Ltd. (NBB) - Fundamental Analysis of FY 2070/71

नेपाल बंगलादेश बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब २१ करोड ३ लाख ३५ हजार, जगेडामा २ अरब १४ करोड ५२ लाख २५ हजार, निक्षेप २५ अरब ८० करोड २४ लाख ९ हजार, कर्जा लगानी १९ अरब ५ करोड १३ लाख १४ हजार र अन्य लगानी ३ अरब १४ करोड ४९ लाख ७८ हजार रहेको छ /
नाफा नोक्सान
खुद व्याज आम्दानी ८५ करोड ६२ लाख ८२ हजार र अन्य आम्दानी ५४ करोड २२ लाख ९२ हजार गरि कुल १ अरब ३९ करोड ८५ लाख ७४ हजार आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चात कुल आम्दानी रु. ९० करोड ७५ लाख ५९ ८६ हजार रहेको छ /
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ३१ करोड ५६ लाख ९१ हजार व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ७८ करोड २१ लाख ४४ हजार खुद नाफा गरेको छ /
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १२.२०%, खराब कर्जा १.३५%, कर्जा निक्षेप अनुपात ६५.४७%, आधार दर ८.१४%, खुद व्याजदर अन्तर ४.१२%, ROE १७.९६%, प्रति शेयर आम्दानी वार्षिक रु. ३५, मूल्य आम्दानी अनुपात १७,३७ (भाद्र १८ को मुल्यमा), प्रति शेयर खुद सम्पति रु. १९७, प्रति शेयर कुल सम्पतिको मूल्य रु. १४२३ रहेको छ /
विश्लेषण
निक्षेप, कर्जा लगानी र अन्य लगानी क्रमशः ४४, ४५ र १ प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा करिब ३८% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः २४ र ४७ प्रतिशतले बढेको छ / खुद आम्दानी अगिल्लो वर्ष भन्दा ०.४४% मात्र बढेको छ | कर्मचारी र संचालन खर्च कुल आम्दानीको ३९% रहेको छ यसलाई तुलनात्मकरुपमा मध्यम मान्नुपर्छ /
जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष १.३३% रहेको खराब कर्जा १.५% बढेर १.३५% पुगेको छ | आम्दानी राम्रो हुँदाहुँदै पनि संचालन खर्च पछिको कुल आम्दानीको करिब ३५% रकम खराब कर्जा वापत व्यवस्था गर्नमा छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ /
बैंकले आम्दानीबाट २८% सम्म लाभांश दिनसक्छ | बैंकसँग संस्थापक शेयर बंगलादेशको IFIC बैंकलाई बेच्दा प्राप्त हुन् आएको प्रिमियम रकम समेत रहेको र निक्षेप र लगानीको आकार बढ्दै गएकोले केहि बोनस शेयर समेत जारी गर्न सक्छ | बैंकले अगिल्लो वर्ष १०% बोनस शेयर जारी गरेको थियो | संकटग्रस्त हुँदै सुधार प्रक्रियामा आएको र अब पूर्ण स्वस्थ बैंकमा रुपान्तरण भइसकेकोले भबिस्यमा बैंक अझ सशक्त हुने अपेक्षा गर्न सकिन्छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment