Saturday, September 13, 2014

NMB Bank Limited - Fundamental Analysis of FY 2070/71

एनएमबि बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब, जगेडामा ८३ करोड ४१ लाख ४० हजार, निक्षेप २७ अरब ८ करोड ७२ लाख ५८ हजार, कर्जा लगानी २० अरब ४६ करोड ७० लाख ४१ र अन्य लगानी ४ अरब १९ करोड १२ लाख ७४ हजार रहेको छ |
नाफा नोक्सान
२ अरब ५३ लाख ४६ हजार व्याज आम्दानी गरी १ अरब २१ करोड ६० लाख ६४ हजार व्याज खर्च गरेको छ | खुद व्याज आम्दानी ७८ करोड ९२ लाख ८३ हजार र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी २७ करोड ६६ लाख ७७ हजार समेत गरि रु. १ अरब ६ करोड ५९ लाख ६० हजार कुल संचालन आम्दानी गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. ६६ करोड ५३ लाख ८७ हजार रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ११ करोड ३३ लाख ५ हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ४१ करोड ६० हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १०.७७%, खराब कर्जा ०.५५%, कर्जा निक्षेप अनुपात ७५.०२%, आधार दर ८.१२%, व्याजदर अन्तर ४.११%, लागतमा प्रतिफल १५.८७%, प्रति शेयर आम्दानी वार्षिक रु. २०.५०, मूल्य आम्दानी अनुपात २१.६५ (भाद्र २२ गतेको मुल्यमा), प्रति शेयर खुद सम्पति रु १४१.७१, प्रति शेयर कुल सम्पतिको मूल्य रु. १५१०.८७ रहेको छ |
विश्लेषण
बैंकको निक्षेप, कर्जा र अन्य लगानी क्रमशः २२, २४ र ८४ प्रतिशतले बढेको छ | कुल व्याज आम्दानी ९.५% ले बढेको छ भने व्याज खर्च १३% बढेको छ | नियमित संचालन आम्दानीमा व्याज बाहेक शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानीको हिस्सा करिब २६% रहेको छ | खुद व्याज आम्दानी करिब ५% ले बढेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी ५९% बढेको छ / खुद आम्दानी करिब १४% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको करिब ३८% रहेको छ | तुलनात्मकरुपमा यसलाई बढी मान्नुपर्छ /
जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा तल रहेको छ | कर्जा निक्षेप अनुपात तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष १.८% रहेको खराब कर्जा ६९% घटेर ०.५५% मा झरेको छ | अगिल्लो वर्ष झन्डै ४८ करोड खराब कर्जा बापत व्यवस्था गर्नु परेकोमा यस वर्ष खराब कर्जा उल्लेख्य घटेकोले करिब १२ करोड मात्र व्यवस्था गर्नुपरेकोले खुद आम्दानीमा वृद्धि देखिएको छ | खराब कर्जा बापत अहिले पनि बैंकले कुल संचालन आम्दानीको १७%% रकम छुट्टयाएको छ | बैंकको आधार दर र व्याज दर अन्तर अगिल्लो वर्ष भन्दा घटेको भए पनि आम्दानीमा वृद्धि नै देखिएको छ |
नेपालमा बिदेशी बैंकले बाहेक अन्य कम्पनीले नेपालको बैंकमा लगानी गर्न नपाउने कानुनी व्यवस्था भएकोले यस बैंकमा रहेको मलेसियाली गैर-बैंक कम्पनीको १२ प्रतिशत शेयर हिस्सा बिदेशी बैंकलाई बेच्न वा अन्य कुनै व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिएकोले बैंकले सो कार्य आगामी आषाढ मसान्तभित्र व्यवस्थापन गरिसक्नु पर्नेछ |
बैंकले गत वर्षको आम्दानीबाट १६% सम्म लाभांश दिनसक्छ | बैंकको निक्षेप बढेको र जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा तल रहेकोले यस वर्ष अनिवार्यरुपमा बोनस शेयर जारी गर्नुपर्ने देखिन्छ | बैंकसँग जगेडामा राम्रै रकम रहेकोले १५% बोनस शेयर जारी गर्न सक्ने देखिन्छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment