Sunday, September 7, 2014

Prime Commercial Bank Ltd - Fundamental Analysis of FY 2070/71

प्राईम कमर्शियल बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ६३ करोड ८६ लाख ९९ हजार ८०० सय, संचित कोष १ अरब ८ करोड ३५ लाख ५६ हजार ५०० सय, निक्षेप ३४ अरब ६ करोड ३१ लाख ९८ हजार ४ सय ५०, कर्जा लगानी २७ अरब २३ करोड १८ लाख ५७ हजार १ सय २० र अन्य लगानी २ अरब ९५ करोड ९५ लाख १३ हजार १ सय रहेको छ /
नाफा नोक्सान
खुद व्याज आम्दानी १ अरब ५ करोड ९८ लाख ८० हजार ९ सय ४० र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी ३५ करोड २४ लाख ९५ हजार गरी जम्मा कुल आम्दानी १ अरब ४१ करोड २३ लाख ७५ हजार ९ सय ४० गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. १ अरब ४ करोड ७० लाख ८१ हजार २ सय रहेको छ /
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १८ करोड ४६ लाख ६० हजार ९ सय ९० व्यवस्था गरेको छ / खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ६३ करोड २३ लाख ७३ हजार ७ सय २० खुद नाफा गरेको छ /
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १२.४०%, खराब कर्जा १.५०%, कर्जा निक्षेप अनुपात ७३.८४%, आधार दर ८.९१%, व्याजदर अन्तर ४.४४%, ROE १८.६२%, प्रति शेयर आम्दानी वार्षिक रु. २३.९७, मूल्य आम्दानी अनुपात २०.८५ (भाद्र १९ को मुल्यमा), प्रति शेयर खुद सम्पति रु १४१.०६, प्रति शेयर कुल सम्पतिको मूल्य रु. १४५०.६ रहेको छ /
विश्लेषण
निक्षेप र कर्जा लगानी क्रमशः १८, २८ प्रतिशतले बढेको छ भने अन्य लगानी करिब ४० प्रतिशतले घढेको छ / नियमित कुल आम्दानीमा व्याज बाहेक शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानीको हिस्सा करिब २५% रहेको छ | खुद व्याज आम्दानी र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी क्रमशः १.७ र ६४ प्रतिशतले बढेको छ / अगिल्लो वर्ष ५७ लाख भन्दा बढी बिदेशी मुद्रा सटहीमा घाटा व्यहोरेको थियो भने यसपटक यहि शीर्षकबाट ३ करोड ६१ लाख भन्दा बढी आम्दानी गरेको छ | खुद आम्दानी अगिल्लो वर्ष भन्दा १५ करोड भन्दा बढी बढेको छ जुन करिब ३२% हुन्छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको करिब २६% रहेको छ | तुलनात्मकरुपमा यसलाई कम मान्नुपर्छ /
जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष २.२३% रहेको खराब कर्जा करिब ३३% घटेर १.५% मा झरेको छ | खराब कर्जा बापत कम रकम व्यवस्था गर्नुपरेको र खराब कर्जा घटेको कारण आम्दानी राम्रो वृद्धि भएको छ | खराब कर्जा बापत अहिले पनि बैंकले संचालन खर्च पछिको कुल आम्दानीको करिब १८% रकम छुट्टयाएको छ |
हालै बैंकले माछापुच्छ्रे बैंकसँग २२ करोड रु.मा जग्गा खरिद गरेको छ | बैंकले बताए अनुसार उक्त जग्गामा केन्द्रीय कार्यालय निर्माण हुनेछ |
बैंकले वर्षको आम्दानीबाट १९% सम्म लाभांश दिनसक्छ | बैंकले हरेक वर्ष पूँजी वृद्धि गरिरहेकोले यस पटक पनि केहि बोनस शेयर समेत जारी गर्न सक्ने स्थिति छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment