Monday, September 1, 2014

Kailash Bikash Bank (KBBL) : Fundamental Analysis for FY 2070/71

कैलाश विकास बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी ७७ करोड ८३ लाख ७८ हजार, जगेडा ४३ करोड ५५ लाख ५७ हजार, निक्षेप ७ अरब ५९ करोड ९२ लाख ९१ हजार, कर्जा लगानी ६ अरब ३७ करोड २२ लाख ९२ हजार र अन्य लगानी ३२ करोड ३८ लाख १६ हजार रहेको छ / 

नाफा नोक्सान
खुद व्याज आम्दानी ३७ करोड ५४ लाख २४ हजार र अन्य आम्दानी ५ करोड ४७ लाख १२००० हजार गरी जम्मा ४३ करोड १ लाख ३६ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. २७ करोड ५३ लाख १३ हजार रहेको छ / 

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ६ करोड २७ लाख ४ हजार व्यवस्था गरेको छ / खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जा व्यवस्थाबाट आएको फिर्ता पश्चात रु. २६ करोड ६१ लाख २७ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १६.४६%, खराब कर्जा २.५९%, CD Ratio ७४.२०%, आधार दर १०.४५%, प्रतिशेयर खुद सम्पति रु. १५५.९६, प्रति शेयर कुल सम्पतिको मूल्य ११५१, प्रति शेयर आम्दानी वार्षिक रु. ३४.१९, मूल्य आम्दानी अनुपात १३, र औसत व्याजदर अन्तर ६.६१ रहेको छ / 

विश्लेषण
निक्षेप र लगानी क्रमशः २१ र १८ प्रतिशतले बढेको छ / खुद व्याज आम्दानी १६% ले बढेको छ भने कुल आम्दानीमा अन्य आम्दानीको हिस्सा करिब १३% रहेको छ / कुल आम्दानी १६% ले बढेको छ / खुद आम्दानी अगिल्लो वर्ष भन्दा ७४% ले बढेको छ / बैंकले १८ करोड भन्दा बढी गैर-संचालन आम्दानी गरेको छ | यसबाट बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ | यस्तो आम्दानी अगिल्लो वर्ष ३ करोड भन्दा केहि बढी थियो | कर्मचारी र संचालन खर्च कुल आम्दानीको झन्डै ३६% रहेको छ / तुलनात्मकरुपमा यसलाई मध्यम मान्न सकिन्छ | जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको संकेत गर्छ / CD ratio अलिक बढी छ जसले गर्दा बैंकको व्याज खर्च बढाएको छ / यसको प्रत्यक्ष असर आम्दानीमा परेको छ /
अगिल्लो वर्ष २.२९% रहेको खराब कर्जा १३% बढेर २.५९% पुगेको छ | चैत्र मसान्तमा २.९४% रहेको खराब कर्जा असार मसान्तमा ११% घटेर २.२९% मा झरेको छ | आम्दानी राम्रो हुँदाहुँदै पनि संचालन खर्च पछिको कुल आम्दानीको करिब २३% रकम खराब कर्जा वापत व्यवस्था गर्नमा छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ / तर गैर-संचालन आन्दानीले बैंकको नाफा बढेको छ |
साबिकमा अन्नपूर्ण फाइनान्स कम्पनीबाट स्तरोन्नति भइ विकास बैंक बनेको बैंकले हरेक वर्ष केहि पूँजी बढाउने लक्ष्य लिएको छ | बैंकले २७% सम्म लाभांश दिनसक्ने स्थिति भए पनि १०% बोनस शेयर र १०% नगद गरि २०% सम्म लाभांश दिनसक्छ | Mr Jyoti Dahal

No comments:

Post a Comment