Sunday, September 7, 2014

Century Commercial Bank - Fundamental Analysis of FY 2070/71

सेन्चुरी कमर्शियल बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब, संचित कोष २३ करोड ७२ लाख २३ हजार, सापटी ६७ करोड ६ लाख, निक्षेप १८ अरब ३९ करोड ३७ लाख २३ हजार, कर्जा लगानी १५ अरब ४ करोड ५४ लाख १२ हजार र अन्य लगानी ६३ करोड ५ लाख १ हजार रहेको छ /
नाफा नोक्सान
खुद व्याज आम्दानी ४२ करोड ७७ लाख ९७ हजार र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी २२ करोड ६९ लाख ३६ गरी जम्मा ६५ करोड ४७ लाख ३३ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ३० करोड ३२ लाख ७७ हजार रहेको छ /
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १२ करोड ८० लाख ७६ हजार व्यवस्था गरेको छ / खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी, असामान्य गतिविधिबाट भएको आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. १३ करोड ९५ लाख ७ हजार खुद नाफा गरेको छ /
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १४.७६%, खराब कर्जा ९.५१%, कर्जा निक्षेप अनुपात ७३.०८%, आधार दर ९.७६%, औसत व्याजदर अन्तर ३,४८%, ROE ६.६५%, प्रति शेयर आम्दानी वार्षिक रु. ६.९८, मुल्य आम्दानी अनुपात ४३ (भाद्र १८ को मुल्यमा), प्रति शेयर खुद सम्पति रु. १११.८६, प्रति शेयर कुल सम्पतिको मूल्य रु. १०५२ रहेको छ /
विश्लेषण
३१ सौं बाणिज्यको रुपमा संचालनमा आएको यस बैंकले ४६% साधारण शेयर जारी गरि चुक्ता पूँजी केन्द्रीय बैंकले तोकेको सीमामा पुरयाएको थियो | बैंकको निक्षेप, कर्जा लगानी क्रमशः ६२, ६० ले बढेको छ तर बैंकले अन्य लगानी करिब ७३% ले कम गरेको छ | नियमित कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा करिब ३४% रहेको छ / खुद व्याज आम्दानी र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी क्रमशः ३८ र १०४ प्रतिशतले बढेको छ / खुद आम्दानी अगिल्लो वर्ष भन्दा ७ करोड भन्दा बढी बढेको छ जुन करिब ११०% हुन्छ / बैंकले शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी उल्लेखनीय बढाएको छ | कर्मचारी र संचालन खर्च कुल आम्दानीको ५३% रहेको छ तुलनात्मकरुपमा यसलाई बढी नै मान्नुपर्छ /
जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष ०.४९% रहेको खराब कर्जा ४% बढेर ०.५१% पुगेको छ |
बैंकको व्याज खर्च अत्यधिक रहेको छ | कुल व्याज आम्दानी १ अरब ४० करोड भन्दा बढी रहे पनि झन्डै १ अरब जति व्याज खर्च देखिएको छ | बैंकले ६% भन्दा बढी व्याज निक्षेपमा तिरेको देखिन्छ | आम्दानी राम्रो हुँदाहुँदै पनि महंगोमा निक्षेप लिनु, कर्मचारी र संचालन खर्च बढी हुनाले बैंकको आम्दानीमा प्रतिकुलता रहेको देख्न सकिन्छ |
बैंकले गत वर्षको आम्दानीबाट ५% सम्म लाभांश दिनसक्छ | संचित कोषबाट केहि रकम झिक्न केन्द्रीय बैंकले अनुमति दिएमा ७% सम्म नगद लाभांश दिनसक्ने अवस्था रहेको छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment