Thursday, September 11, 2014

Ridi Hydropower - Fundamental Analysis of FY 2070/71

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनि लिमिटेडको विश्लेषण
पूँजी र जगेडा
चुक्ता पूँजी रु. ३० करोड, संचित कोष रु. ३ करोड ८३ लाख ६९ हजार ५ सय ३८ रहेको छ | त्यस्तै ऋण १३ करोड २७ लाख ६० हजार ८ सय ९० रहेको छ /
प्रशासनिक खर्च, ह्रास कट्टी तथा खुद नाफा
विद्युत विक्रीबाट रु. १ करोड ५५ लाख ७७ हजार ९ सय ६१ र व्याज तथा अन्य आम्दानीबाट १ करोड ८५ लाख ८० हजार ३ सय १० गरि ३ करोड ४१ लाख ५८ हजार २ सय ७२ आम्दानी गरेको देखिन्छ / प्रशासनिक, ह्रास कट्टी, तथा अन्य खर्च कटाएर १ करोड ९० लाख २८ हजार ७ सय ९४ खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
प्रति शेयर आम्दानी वार्षिक रु. ६.३४, मूल्य आम्दानी अनुपात ९५ (भाद्र २५ गतेको मुल्यमा), प्रति शेयर खुद सम्पति रु. ११२.७९, प्रति शेयर कुल सम्पतिको मूल्य रु. १३८.२९ र लागतमा प्रतिफल ५.६२% रहेको छ |
विश्लेषण
कम्पनीको चुक्ता पूँजी झन्डै दोब्बर बढेको छ | कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा विद्युत बिक्रीबाट हुने आम्दानी अगिल्लो वर्ष भन्दा ३७% ले घटेको देखाएको छ | के कारणले घटेको हो भन्ने कुरा विवरणमा उल्लेख छैन | ८८% भन्दा बढी आम्दानीको श्रोत अन्य भनिएको छ | जुन आम्दानी बिद्युत बिक्रीबाट आएको आम्दानी भन्दा १९% ले बढी छ | विवरणमा लगानीबाट आम्दानी भएको देखाएको छैन अर्थात शून्य रहेको छ | ३ करोड १६ लाख ८८ हजार २०० सय लगानी भएको देखाइएको छ | कर्मचारी बोनस वापत केहि पनि व्यवस्था गरिएको छैन | निकट भविष्यमा नयाँ आयोजना निर्माण गर्ने पूर्व तैयारी भइरहेको बताएको छ |
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले प्रति शेयर रु. ५ सम्म दिनसक्ने देखिन्छ | कम्पनीका पदाधिकारीहरुले १०% बोनस शेयर दिन कम्पनी सक्षम छ भने पनि त्यो स्थिति देखिदैन / जगेडामा रहेको रकमबाट केहि झिकेर बोनस शेयर जारी गरेमा पनि ७% सम्म र नगद मात्र दिएमा बढीमा १०% सम्म मात्र दिनसक्ने स्थिति छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment