Wednesday, September 10, 2014

NIC Asia Bank Ltd - Fundamental Analysis of FY 2070/71

एनआइसि एशिया बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ३१ करोड १५ लाख ५२ हजार, डिबेन्चर ५० करोड, जगेडामा २ अरब ८९ करोड १३ लाख ३० हजार, निक्षेप ४४ अरब ९८ करोड २८ लाख ५५ हजार, कर्जा लगानी ३६ अरब ३१ करोड १३ लाख ४४ हजार र अन्य लगानी ६ अरब ४८ करोड ५३ लाख ७१ हजार रहेको छ |
नाफा नोक्सान
खुद व्याज आम्दानी १ अरब ७९ करोड ८२ लाख २३ हजार र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी ४३ करोड ९६ लाख ५२ हजार गरी जम्मा २ अरब २३ करोड ७८ लाख ७५ हजार कुल आम्दानी गरेको छ | कर्मचारी र संचालन खर्च पश्चात कुल आम्दानी रु. १ अरब ४८ करोड ६ हजार रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ३२ करोड २७ लाख ७९ हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, कर, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ८१ करोड ४७ लाख ६ हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १४.८९%, खराब कर्जा २.२५%, कर्जा निक्षेप अनुपात ७४.९२%, आधार दर ७.८८%, व्याजदर अन्तर ४.०६%, लागतमा प्रतिफल १५.६६%, प्रति शेयर आम्दानी वार्षिक रु. ३५.२४, मूल्य आम्दानी अनुपात २१.६२ (भाद्र १९ को मुल्यमा), प्रति शेयर खुद सम्पति रु. २२५.०८ रहेको छ |
विश्लेषण
निक्षेप र कर्जा क्रमशः १३ र १५ प्रतिशतले बढेको छ भने अन्य लगानी करिब ५ प्रतिशतले घढेको छ | नियमित कुल आम्दानीमा व्याज बाहेक शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानीको हिस्सा करिब २०% रहेको छ | खुद व्याज आम्दानी र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी क्रमशः ४५ र ५० प्रतिशतले बढेको छ / खुद आम्दानी अगिल्लो वर्षको तुलनामा यस वर्ष रु.१७ करोड भन्दा बढी बढेको छ जुन करिब २७% हुन्छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको करिब ३४% रहेको छ | तुलनात्मकरुपमा यसलाई मध्यम मान्नुपर्छ /
जोखिम भारित सम्पति र कर्जा निक्षेप अनुपात तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष २.३२% रहेको खराब कर्जा करिब ३% घटेर २.२५% मा झरेको छ | खराब कर्जा उल्लेखनीयरुपमा नघटेको कारण नियमित संचालन आम्दानीको करिब २२% रकम व्यवस्था गरेकोले आम्दानीमा केहि असर परेको छ | व्याज अन्तर चैत्र मसान्तमा ५% माथि रहेकोमा आषाढ मसान्तमा आइपुग्दा ४% मा ल्याएको छ |
गत आर्थिक वर्षको नाफाबाट बैंक २८% सम्म लाभांश दिन सक्ने स्थितिमा रहेको छ | यस बाहेक बैंक अफ एसिया नेपालसँग मर्ज गर्दा swap ratio बाट प्राप्त भएको रु. १ अरब premium मा रहेको रकम अन्यत्र खर्च गर्न नपाइने निर्देशन केन्द्रीय बैंकले दिएकोले उक्त रकम बोनस शेयर दिन मात्रै खर्च गर्नुपर्ने भएकोले वर्तमान चुक्ता पूँजीको करिब ४४% सम्म बोनस शेयर दिनसक्ने भए पनि अहिले नै सबै रकम खर्च गर्नुपर्ने कुनै बाध्यता नभएकोले २०% सम्म बोनस शेयर र केहि नगद लाभांशको आशा गर्न सकिन्छ /- Mr Jyoti Dahal

No comments:

Post a Comment