Tuesday, September 30, 2014

Janaki Finance Ltd. (JFL) - Fundamental Analysis for FY 2070/71 & Dividend prediction

जानकी फाइनान्स लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. १४ करोड ६२ लाख ५० हजार, जगेडा रु. २५ करोड १५ लाख ७० हजार १ सय ६०, निक्षेप रु. १ अरब २० करोड ५५ लाख २७ हजार १ सय ५०, कर्जा लगानी रु. ९१ करोड १७ लाख ५९ हजार १० र अन्य लगानी ३५ लाख १५ हजार रहेको छ |

नाफा नोक्सान
२१ करोड १९ लाख ८४ हजार ३ सय १० व्याज आम्दानी गरि १० करोड ४८ लाख ७६ हजार ७ सय ७० व्याज खर्च पश्चात १० करोड ७१ लाख ७ हजार ५ सय ५० खुद व्याज आम्दानी गरेको छ | शुल्क, कमिसन, डिस्काउन्ट तथा अन्य संचालन आम्दानी ३६ लाख ५३ हजार ७ सय ८० समेत गरि रु. ११ करोड ७ लाख ६१ हजार ३ सय ३० कुल संचालन आम्दानी छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चात रु. ९ करोड ८९ लाख ८ हजार ९ सय कुल आम्दानी गरेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ५ करोड १ सय ३० व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ८ करोड ९५ लाख ९ हजार ६ सय २० खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति ३५.९१%, खराब कर्जा ४.८९%, कर्जा निक्षेप अनुपात ६०.३७%, लागतमा प्रतिफल २२.४९%, प्रति शेयर आम्दानी वार्षिक रु. ६१.२०, मूल्य आम्दानी अनुपात ९.८२ (आश्विन २ गतेको मुल्यमा) र प्रति शेयर खुद सम्पति रु २७२.०१ रहेको छ |
विश्लेषण
निक्षेप र कर्जा क्रमशः १८ र २९ प्रतिशतले बढेको छ भने र अन्य लगानी स्थिर छ | व्याज आम्दानी १३.६५% बढेको छ भने व्याज खर्च ४.१०% घटेको छ | व्याज आम्दानीको झन्डै आधा रकम व्याज खर्च भएको छ | ब्याज आम्दानी बढेको तर ब्याज खर्च घटेकोले खुद ब्याज आम्दानी ३८.८२% ले बढेको छ | नियमित संचालन आम्दानीमा व्याजको हिस्सा अधिक रहेको छ | यसबाट के बुझ्न सकिन्छ भने कम्पनी कर्जा लगानीमा मात्र केन्द्रित रहेको र आम्दानीको अन्य श्रोत परिचालन गर्न नसकेको देख्न सकिन्छ | शुल्क, कमिसन, डिस्काउन्ट तथा अन्य संचालन आम्दानीको हिस्सा ३.२९% मात्र रहेको छ | यो आम्दानी करिब ३७% बढेको छ / खुद आम्दानी करिब १२५% ले बढेको छ | व्याज, अन्य संचालन, गैर-संचालन आम्दानी र खराब व्यबस्थाबाट आएको फिर्ताले खुद आम्दानी बढेको छ | कुल आम्दानीको ११% रकम कर्मचारी र कार्यालय संचालनमा खर्च गरेको छ |
जोखिम भारित सम्पति तोकिएको भन्दा बढी रहेको देख्न सकिन्छ | कर्जा निक्षेप अनुपात तोकिएको सिमा माथि रहेकोले लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष ११.८२% रहेको खराब कर्जा ५८.६२% घटेर ४.८९% झरेको छ | खराब कर्जा घढेकोले र खराब कर्जा वापत व्यवस्थाबाट रकम फिर्ता आएकोले खुद आम्दानी अत्यधिक बढेको देखिन्छ | अझ पनि खराब कर्जा अधिक रहेकोले यस वापत ५ करोड व्यवस्था गर्नुपरेकोले खुद आम्दानीमा असर परेको छ |
कम्पनीको चुक्ता पूँजी तोकिएको सिमा भन्दा २७% तल रहेकोले तोकिएको सीमामा पूँजी पुरयाउनु पर्ने वाध्यता रहेको छ | कम्पनीले तोकिएको सीमामा पूँजी पुरयाउनुपर्ने भएकोले २७% सम्म पूँजी बढाउनु पर्ने आवश्यकता रहेको छ | कम्पनीसँग जगेडामा पर्याप्त रकम रहेको र गत वर्ष राम्रो आम्दानी गरेकोले सोहि आम्दानीबाट बोनस शेयर जारी गरेर तोकिएको सीमामा पूँजी वृद्धि गर्न सक्छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment