Tuesday, September 9, 2014

Nepal Investment Bank Ltd (NIBL) - Fundamental Analysis of FY 2070/71

नेपाल इन्भेस्टमेन्ट बैंकको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. ४ अरब १४ करोड ६७ लाख ८ हजार, जगेडामा रु. ४ अरब ८२ करोड ६६ लाख ३६ हजार, डिबेन्चर रु. १ अरब ५ करोड, अन्तर बैंक सापटी रु. ४२ करोड ४३ लाख २४ हजार, निक्षेप रु. ७३ अरब ८३ करोड १३ लाख ७६ हजार, कर्जा लगानी रु. ५३ अरब ४५ करोड ८४ लाख ७० हजार र अन्य लगानी १५ अरब ३८ करोड ३५ लाख २९ हजार रहेको छ |
नाफा नोक्सान
५ अरब ८१ करोड ६२ लाख ७९ हजार व्याज आम्दानी गरी २ अरब ८२ करोड ४ लाख ७५ हजार व्याज खर्च गरेको छ | खुद व्याज आम्दानी २ अरब ९९ करोड ५८ लाख ४ हजार र शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी १ अरब १५ करोड १ लाख ८१ हजार समेत गरि कुल संचालन आम्दानी रु. ४ अरब १४ करोड ५९ लाख ८५ गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. ३ अरब १६ करोड ८८ लाख ८९ हजार रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ४३ करोड ९५ लाख ८ हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. १ अरब ९५ करोड ८ लाख खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १२.७१%, खराब कर्जा १.६८%, कर्जा निक्षेप अनुपात ७०.८५%, आधार दर ६.९४%, व्याजदर अन्तर ५.४१%, लागतमा प्रतिफल २१.७३%, प्रति शेयर आम्दानी वार्षिक रु. ४७.०४, मूल्य आम्दानी अनुपात १७ (भाद्र २२ गतेको मुल्यमा), प्रति शेयर खुद सम्पति रु २१६.४०, प्रति शेयर कुल सम्पतिको मूल्य रु. २११२.७१ रहेको छ |
विश्लेषण
चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठुलो वाणिज्य बैंक हो / ICRA Nepal ले यसलाई A Rating गरेको छ http://icranepal.com/releases.php | बैंकको निक्षेप, कर्जा र अन्य लगानी क्रमशः १८, १२ र ३४ प्रतिशतले बढेको छ | कुल व्याज आम्दानी ०.७७% ले घटेको छ भने व्याज खर्च १.६४% बढेको छ | नियमित संचालन आम्दानीमा व्याज बाहेक शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानीको हिस्सा करिब २८% रहेको छ | खुद व्याज आम्दानी २.८८% ले घटेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी करिब २७% बढेको छ / खुद आम्दानी २.१९% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको करिब २४% रहेको छ | तुलनात्मकरुपमा यसलाई कम मान्नुपर्छ /
जोखिम भारित सम्पति र कर्जा निक्षेप अनुपात तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष १.९१% रहेको खराब कर्जा करिब १२.०४% घटेर १.६८% मा झरेको छ | अगिल्लो वर्ष झन्डै १ अरब खराब कर्जा वापत व्यवस्था गर्नु परेकोमा यस वर्ष खराब कर्जा घटेकोले करिब ४४ करोड मात्र व्यवस्था गर्नुपरेकोले खुद आम्दानीमा वृद्धि देखिएको छ | खराब कर्जा बापत बैंकले कुल संचालन आम्दानीको करिब १४% रकम छुट्टयाएको छ | बैंकको आधार दर र व्याज दर अन्तर अगिल्लो वर्ष भन्दा घटेको भए पनि आम्दानीमा वृद्धि नै देखिएको छ |
बैंकको सर्वसाधारणमा २०% मात्र शेयर रहेकोले आगामी आषाढ मसान्तसम्ममा त्यसलाई ३०% पुरयाउन केन्द्रीय बैंकले निर्देशन दिएको छ | त्यस्तै अन्य वित्तीय सँस्थाको नाममा रहेको संस्थापक शेयर समेत बेच्न निर्देशन दिएको छ | यसैको परिणामस्वरूप रास्ट्रिय बाणिज्य बैंकको नाममा रहेको संस्थापक शेयर बिक्रि प्रक्रिया शुरु भएको छ | बैंकले सर्वसाधारणको हिस्सा ३०% पुरयाउन Further Public Offering (FPO) जारी गर्न वा हाल कायम संस्थापक शेयरलाई नै सर्वसाधारणमा रुपान्तरण गर्न सक्छ | यस विषयमा हालसम्म बैंकले केहि बताएको छैन |
बैंकले वर्षको आम्दानीबाट ३७% सम्म लाभांश दिनसक्छ | बैंकले हरेक वर्ष पूँजी वृद्धि गरिरहेको र बैंकसँग निक्षेप बढ्दो क्रममा रहेकोले चुक्ता पूँजी वृद्धि गरि ५ अरब पुर्याउन सक्ने सम्भावना बढी नै देखिएको सन्दर्भमा यसपटक न्यूनतम २१% बोनस शेयर र १०% जति नगद लाभांश समेत जारी गर्न सक्ने स्थिति छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment