Wednesday, September 3, 2014

Metro Development Bank Ltd (METRO) : Fundamental Analysis of FY 2070/71

मेट्रो डेभलपमेन्ट बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १६ करोड ६० हजार, जगेडा ४ करोड ४१ लाख ८२ हजार ४ सय १०, निक्षेप १ अरब ५५ करोड ८४ लाख ४२ हजार, कर्जा लगानी १ अरब ३१ करोड ९६ लाख ९७ हजार रहेको छ र अन्य लगानी ७ करोड ७५ लाख ५३ हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी ६ करोड ९८ लाख ७४ हजार ४ सय २० र अन्य आम्दानी १ करोड ७५ लाख ७६ हजार ५ सय १० गरी जम्मा ८ करोड ७४ लाख ५१ हजार ५ सय १० कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ५ करोड ८८ लाख ५ हजार २ सय ६० रहेको छ /

provision, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ४३ लाख ५९ हजार ७० provision गरेको छ / provision, कर्मचारी बोनस, अन्य आम्दानी, कर र provision बाट आएको फिर्ता पश्चात रु. ३ करोड ४६ लाख ४७ हजार ५ सय ७० खुद नाफा गरेको छ /

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १४.२०%, खराब कर्जा ०.१६%, CD Ratio ७३.६२%, आधार दर ११.०९%, networth रु. १२७.६०, PE ratio १९, प्रति शेयर आम्दानी वार्षिक रु. २१.६५, प्रति शेयर कुल सम्पतिको मूल्य ११५३ र खुद व्याजदर अन्तर ६.६९ रहेको छ /

विश्लेषण
निक्षेप र लगानी क्रमशः ३७ र ३३ प्रतिशतले बढेको छ / खुद व्याज आम्दानी ४७% ले बढेको छ भने कुल आम्दानीमा अन्य आम्दानीको हिस्सा २०% रहेको छ / कुल आम्दानी ४६% ले बढेको छ / यसबाट बैंकको आम्दानी परिचालनमा विविधिकरण गरेको देख्न सकिन्छ / कर्मचारी र संचालन खर्च कुल आम्दानीको झन्डै ३३% रहेको छ / तुलनात्मकरुपमा यसलाई कम नै मान्न सकिन्छ / जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको संकेत गर्छ / CD ratio अलिक बढी छ जसले गर्दा बैंकको व्याज खर्च बढाएको छ / यसको प्रत्यक्ष असर आम्दानीमा परेको छ / खराब कर्जा शुन्य सरह रहेको मान्न सकिन्छ यसले जोखिम व्यवस्थापन ठीकसँग गरेर लगानी गरेको देख्न सकिन्छ / खुद आम्दानी अगिल्लो वर्ष भन्दा ६१% ले बढेको छ /
बैंकले साधारण शेयर जारी गरेर चुक्ता पूँजी १० करोड पुरयाए पछी पनि लगातार पूँजी वृद्धि गरिरहेको छ यसबाट बैंकले लगानी बढाईरहेको देख्न सकिन्छ / पहिलो वर्ष १०% बोनस र ६% नगद गरि १६% लाभांश दिएको थियो भने गत वर्ष १६% बोनस शेयर जारी गरेको थियो / बोनस शेयर जारी गरे पछी पनि साबिकको चुक्ता पूँजीमा ३३% हकप्रद शेयर समेत जारी गरेको थियो / बैंकले गत वर्षको आम्दानीबाट मात्र लाभांश दिएमा नगद र बोनस गरि १६% सम्म र संचित कोषमा रहेको रकमबाट केहि रकम झिकेमा नगद र बोनस गरि २०% सम्म दिनसक्छ / : Mr Jyoti dahal

No comments:

Post a Comment