Saturday, September 13, 2014

Standard Chartered Bank - Fundamental Analysis of FY 2070/71

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. २ अरब ४ करोड १६ लाख ७२ हजार, जगेडा रु. ३ अरब ९३ करोड ४५ लाख ९६ हजार, निक्षेप रु. ४६ अरब २९ करोड ८५ लाख ३२ हजार, कर्जा लगानी रु. २६ अरब ३२ करोड ८३ लाख ६१ हजार र अन्य लगानी ९ अरब ३९ करोड १३ लाख ७९ हजार रहेको छ |
नाफा नोक्सान
२ अरब ५८ करोड ३९ लाख ५८ हजार आम्दानी तथा ५७ करोड ६२ लाख ९९ हजार खर्च पश्चात खुद व्याज आम्दानी २ अरब ७६ लाख ५९ हजार गरेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी ९७ करोड २ हजार समेत गरि कुल संचालन आम्दानी रु. २ अरब ९७ करोड ७६ लाख ६१ हजार गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. २ अरब १२ करोड ७५ लाख ४८ हजार रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ८ करोड ४३ लाख ९५ हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. १ अरब ३७ करोड ७४ लाख ७२ हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १४.३०%, खराब कर्जा ०.४८%, कर्जा निक्षेप अनुपात ७०.७४%, आधार दर ५.१८%, व्याजदर अन्तर ७.०९%, लागतमा प्रतिफल २३.०५%, प्रति शेयर आम्दानी वार्षिक रु. ६७.४७, मूल्य आम्दानी अनुपात ३३.८६ (भाद्र २६ गतेको मुल्यमा) र प्रति शेयर खुद सम्पति रु २९२.७१ रहेको छ |
विश्लेषण
बैंकको निक्षेप र कर्जा क्रमशः १७ र १३ प्रतिशतले बढे पनि अन्य लगानी २६ प्रतिशतले घटेको छ | व्याज आम्दानी करिब २% ले बढेको छ भने खर्च करिब ६% घटेको छ | व्याज आम्दानीको २२% व्याज खर्च भएको छ | खुद व्याज आम्दानी ४% ले बढेर २ अरब नाघेको छ | नियमित संचालन आम्दानीमा व्याज बाहेक शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानीको हिस्सा करिब ३२% रहेको छ | यो आम्दानी करिब १४% बढेको छ / खुद व्याज आम्दानी, शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी, खराब कर्जा बापत कम व्यबस्था, गैर-संचालन आम्दानी बढेकोले खुद आम्दानी १३% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको करिब २९% रहेको छ | तुलनात्मकरुपमा यसलाई सामान्य मान्नुपर्छ /
जोखिम भारित सम्पति र कर्जा निक्षेप अनुपात तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष ०.७७% रहेको खराब कर्जा करिब ३८% घटेर ०.४८% मा झरेको छ | खराब कर्जा घटेकोले खुद आम्दानीमा वृद्धि देखिएको छ | खराब कर्जा बापत बैंकले ८ करोड छुट्टयाएको छ | बैंकको आधार दर घटेको छ | व्याज दर अन्तर केन्द्रीय बैंकले तोकेको सिमाभन्दा धेरै तल रहेकोले व्याज अन्तर बढी भए पनि यसलाई सामान्य नै मान्नुपर्ने हुन्छ |
बैंकले वर्षको आम्दानीबाट ५३% सम्म लाभांश दिनसक्छ | बैंकले चुक्ता पूँजी वृद्धि गरि ५ अरब पुरयाउने हल्ला चले पनि ५ अरब पूँजी एकै पटक पुरयाउने सम्भावना भने छैन | बैंकसँग निक्षेप बढ्दो क्रममा रहेको र जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा माथि नै रहेकोले यसपटक बैंकले २०% सम्म बोनस शेयर जारी गर्न सक्छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment