Wednesday, September 3, 2014

Agriculture Development Bank Ltd (ADBL) : Fundamental Analysis of FY 2070/71

कृषि विकास बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी ९ अरब ६३ करोड ६८ लाख (जस मध्ये ३ अरब २० करोड साधारण शेयर र ६ अरब ४३ करोड ६८ हजार अग्राधिकार शेयर सहित), संचित कोष ६ अरब ९ करोड ५५ लाख ७५ हजार, डिबेन्चर २ अरब ३० करोड, सापटी ६९ करोड ४३ लाख ८५ हजार, निक्षेप ६५ अरब ८२ करोड ८३ लाख २९ हजार, कर्जा लगानी ५७ अरब ५० करोड ५२ लाख ७१ हजार र अन्य लगानी १३ अरब ३३ करोड ८५ लाख ४३ हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी ४ अरब ५९ करोड २३ लाख १ हजार र अन्य आम्दानी ८३ करोड ४४ लाख ७० हजार गरी जम्मा ५ अरब ४२ करोड ६७ लाख ७१ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. १ अरब ४३ करोड ५९ लाख ६३ हजार रहेको छ /

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ६१ करोड ९९ लाख ५१ हजार व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. १ अरब ५० करोड ९४ लाख ६२ हजार खुद नाफा गरेको छ /

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १५.१७%, खराब कर्जा ५.३४%, खराब कर्जाको लागि व्यवस्था १४८.५३%, CD Ratio ७३.९७%, आधार दर ११,४०%, औसत व्याजदर अन्तर ६.०७%, ROE १२.६१%, प्रति शेयर आम्दानी वार्षिक रु. ३५.१०, PE ratio १५.५ (भाद्र १५ गतेको मुल्यमा), networth रु. २७८.४२ रहेको छ /

विश्लेषण
निक्षेप, कर्जा लगानी र अन्य लगानी क्रमशः २१, १६ र ४५ प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा करिब १५% रहेको छ / खुद व्याज आम्दानी २.६८% घटेको छ भने अन्य आम्दानी ३०% भन्दा बढीले बढेको छ / अगिल्लो वर्ष विदेश मुदा सटहीबाट ७६ लाख भन्दा बढी घाटा बेहोरेको थियो भने यसवर्ष यहि शीर्षकमा बैंकले १३ करोड भन्दा बढी आम्दानी गरेको छ जसले बैंकको अन्य आम्दानीलाई बढाएको छ | खुद आम्दानी ७७ करोड भन्दा बढीले घटेको छ जुन ३४% कम हो | कर्मचारी र संचालन खर्च कुल आम्दानीको ७३% रहेको छ जुन अगिल्लो वर्ष भन्दा ३५% ले बढेको छ | तुलनात्मकरुपमा यसलाई बढी नै मान्नुपर्छ /
जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष ५.८४% रहेको खराब कर्जा ८.७१% घटेर ५.३४% रहेको छ | संचालन खर्च पछिको कुल आम्दानीको करिब ४३% रकम खराब कर्जा वापत व्यवस्था गर्नमा छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ / व्याज अन्तर तोकेको सिमा भन्दा माथि नै रहेको छ | गैर-संचालन आम्दानी १५ करोड रहेको छ यसले बैंकको आम्दानीलाई बढाउन सहयोग पुगेको छ |
बैंकको खराब कर्जा तोकिएको सिमा भन्दा बढी नै रहेकोले लाभांश पाउने सम्भावना कम छ | गत वर्ष बैंकले ३१% नगद लाभांश दिएको थियो | केन्द्रीय बैंकले स्वीकृति दिएमा केहि नगद लाभांश पाउन सकिन्छ | बैंकबाट बोनस लाभांशको आशा नगरे हुन्छ |

No comments:

Post a Comment