Tuesday, September 30, 2014

Rural Microfinance Development Corporation (RMDC) - Fundamental Analysis of FY 2070/71 & Dividend prediction

रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेण्टर लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. ५२ करोड, जगेडा रु. १ अरब १८ करोड ४१ लाख ८२ हजार ४ सय ५०, सापटी ३ अरब ३६ करोड ७२ लाख ५८ हजार ९ सय ६०, कर्जा लगानी रु. २ अरब ९० करोड ४२ लाख १६ हजार २ सय ५० र अन्य लगानी २ अरब ९ करोड २५ लाख १८ हजार १ सय २० रहेको छ |

नाफा नोक्सान
व्याज आम्दानी ३४ करोड ९४ लाख ९ हजार १ सय ९० तथा व्याज खर्च ७ करोड ७१ लाख ४३ हजार ६ सय ३० पश्चात २७ करोड २२ लाख ६५ हजार ५ सय ६० खुद व्याज आम्दानी गरेको छ | अन्य संचालन आम्दानी २ करोड ४४ लाख ८३ हजार ५० समेत गरि रु. २९ करोड ६७ लाख ४८ हजार ६ सय १० कुल संचालन आम्दानी गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. २६ करोड २६ लाख १ हजार ६ सय ३० रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. २ करोड २८ लाख ७२ हजार ६ सय ४० व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. १८ करोड ४८ लाख ६३ हजार ५ सय ३० खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति ४०.८९%, खराब कर्जा शुन्य, लागतमा प्रतिफल १०.८४%, प्रति शेयर आम्दानी वार्षिक रु. ३५.५५, मूल्य आम्दानी अनुपात २२.१० (भाद्र २६ गतेको मुल्यमा) र प्रति शेयर खुद सम्पति रु ३२७.७३ रहेको छ |
विश्लेषण
बैंकको सापटी, कर्जा र अन्य लगानी क्रमशः ११ र २४ र ९ प्रतिशतले बढेको छ | व्याज आम्दानी करिब ८% ले बढेको छ भने खर्च ६% ले घटेको छ | व्याज आम्दानी र व्याज खर्चको अनुपात करिब एक चौथाई रहेको छ | कुल व्याज आम्दानीको २२% रकम मात्र व्याज खर्च भएको छ | व्याज खर्च घटेकोले खुद व्याज आम्दानी १२% ले बढेको छ | अन्य संचालन आम्दानी २४% ले बढेको छ र नियमित संचालन आम्दानीमा यसको हिस्सा ९% रहेको छ | अन्य संचालन आम्दानी, गैर-संचालन आम्दानी र खराब कर्जा बापतको व्यबस्थाबाट आएको फिर्ता पश्चात खुद आम्दानी २७% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको १३% रहेको छ | एउटा मात्र कार्यालय संचालन गर्नुपर्ने तथा थोरै कर्मचारी संख्या हुनाले खर्च कम देखिएको भए पनि यसलाई तुलनात्मकरुपमा मध्यम नै मान्नुपर्छ / बैंक आफुले प्रत्यक्ष लगानी नगरी थोक कर्जा प्रवाह गर्ने संस्था भएकोले सहयोगी संस्था मार्फत लगानी गर्ने भएकोले दीर्घकालीनरुपमा थोक कर्जा लगानी गर्ने प्रक्रियामा कमि आएको खण्डमा यस्ता संस्थाहरु टिकिरहन मुश्किल पर्न सक्छ | किनकी यसले अन्य लघुवित्त बैंकलाई कर्जा दिने भएकोले अन्य लघुवित्तहरुले आफैले बचत परिचालन गर्न थालेको अवस्थामा कर्जा माग्न आउने संस्थाको संख्या कम भएमा यसले सस्तोमा कर्जा लगानी गर्नु पर्ने हुन्छ | यस्तो अवस्थामा यसको आम्दानीमा कमि आउनसक्छ |
लघुवित्तमा गरीने लगानीलाई केन्द्रीय बैंकले जोखिम भार शून्य तोकेकोले बैंकसँग जोखिम भारित सम्पति तोकिएको सिमा भन्दा माथि रहेको छ | खराब कर्जा शून्य भए पनि शंकास्पद हुनसक्ने कर्जाको लागि २ करोड २८ लाख व्यवस्था गरेकोले छ | सापटी, कर्जा र अन्य लगानी क्रमशः २२ र १३ र ५३ प्रतिशतले बढेको, व्याज खर्च घटेको, व्याज आम्दानी बढेको, गैर-संचालन आम्दानी बढेको तथा खराब कर्जा फिर्ता आएकोले खुद आम्दानी बढेको छ |
बैंकले २८% सम्म लाभांश बाड्न सक्ने स्थिति छ | बैंकसँग सर्वसाधारणलाई शेयर जारी गर्दा प्रिमियम रु. ८० थपेर जारी गरेकोले बैंकले १२ करोड ४८ लाख रकम प्रिमियम प्राप्त गरेकोले सो रकम केन्द्रीय बैंकको निर्देशन अनुसार बोनस शेयरमा मात्र खर्च गर्न पाइने भएकोले सो रकमबाट केहि बोनस शेयर जारी गर्न सक्छ | बैंकले नयाँ साझेदार खोजेर लगानी बढाउने लक्ष्य राखेकोले पूँजी वृद्धि समेत गर्नुपर्ने भएकोले प्रिमियममा रहेको रकमबाट १०% सम्म बोनस शेयर र २०% सम्म नगद लाभांश दिनसक्ने स्थिति देखिन्छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment