Tuesday, September 30, 2014

Nepal SBI Bank - Fundamental Analysis of 2070/71 & Dividend prediction

नेपाल एसबीआइ बैंक लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. २ अरब ६५ करोड २ लाख ६ हजार, जगेडा रु. २ अरब ७ करोड १७ लाख ३६ हजार, डिबेन्चर १ अरब, निक्षेप रु. ५४ अरब ४९ करोड २९ लाख ९४ हजार, कर्जा लगानी रु. ३५ अरब २७ करोड ९५ लाख ८३ हजार र अन्य लगानी १७ अरब ७२ करोड २३ लाख ९६ हजार रहेको छ |

नाफा नोक्सान
व्याज आम्दानी ३ अरब ९७ करोड ६६ लाख ४८ तथा व्याज खर्च २ अरब २३ करोड १६ लाख ४ हजार पश्चात १ अरब ७४ करोड ५० लाख ४४ खुद व्याज आम्दानी गरेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी ६४ करोड ५४ लाख ९९ हजार समेत गरि रु. २ अरब ३९ करोड ५ लाख ४३ हजार कुल संचालन आम्दानी गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. १ अरब ४४ करोड १४ लाख ३७ हजार रहेको छ |
खराब कर्जा, अन्य आम्दानी, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ८ करोड २९ लाख ६७ हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ९२ करोड २९ लाख ८४ हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १३.७%, खराब कर्जा ०.२६%, कर्जा निक्षेप अनुपात ७५.२३%, आधार दर ८.७८%, व्याजदर अन्तर ४.९३%, लागतमा प्रतिफल २२.८५%, प्रति शेयर आम्दानी वार्षिक रु. ३४.८३, मूल्य आम्दानी अनुपात २९.१४ (भाद्र २६ गतेको मुल्यमा) र प्रति शेयर खुद सम्पति रु १७८.१७ रहेको छ |
विश्लेषण
बैंकको निक्षेप र अन्य लगानी क्रमशः ८ र ३१ प्रतिशतले घटेको छ भने कर्जा लगानी २२% ले बढेको छ | व्याज आम्दानी र खर्च क्रमशः ३.२५ र १०.२६ प्रतिशतले घटेको छ | व्याज आम्दानी र व्याज खर्चको अनुपात आधा भन्दा बढी रहेको छ | कुल व्याज आम्दानीको ५६% रकम व्याज वापत खर्च भएको छ | व्याज खर्च घटेकोले व्याज आम्दानी घटे पनि खुद व्याज आम्दानी ७.४८% ले बढेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी १२% ले बढेको छ र नियमित संचालन आम्दानीमा यसको हिस्सा २७% रहेको छ | कुल संचालन आम्दानी करिब ९% ले बढेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी, खराब कर्जा बापत कम व्यबस्था, गैर-संचालन आम्दानी र असामान्य गतिविधिबाट भएको आम्दानी बढेकोले खुद आम्दानी करिब २०% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको करिब ४०% रहेको छ | तुलनात्मकरुपमा यसलाई बढी मान्नुपर्छ /
जोखिम भारित सम्पति तोकिएको सीमा भन्दा बढी छ | कर्जा निक्षेप अनुपात तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष ०.३७% रहेको खराब कर्जा करिब ३०% घटेर २०.२६% मा झरेको छ | खराब कर्जा घटेकोले कम व्यवस्था गरेकोले खुद आम्दानीमा वृद्धि देखिएको छ | खराब कर्जा बापत बैंकले ८ करोड २९ लाख छुट्टयाएको छ | बैंकको आधार दर घटेको छ |
बैंकले वर्षको आम्दानीबाट २७% सम्म लाभांश दिनसक्छ | ५% बोनस शेयर १५% नगद लाभांश आशा गर्न सकिन्छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment