Monday, September 1, 2014

Mega Bank Limited (MEGA) - Fundamental Analysis of FY 2070/71

मेगा बैंक नेपाल लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ३३ करोड, संचित कोष ४३ करोड २२ लाख ९५ हजार, सापटी ३७ करोड ९६ लाख ३२ हजार, निक्षेप १७ अरब १४ करोड ७६ लाख ४९ हजार, कर्जा लगानी १४ अरब ४९ करोड ६३ लाख २६ हजार र अन्य लगानी २ अरब ५० करोड ७६ लाख ४० हजार रहेको छ / 

नाफा नोक्सान
खुद व्याज आम्दानी ८२ करोड १२ लाख २३ हजार र अन्य आम्दानी २० करोड ४० लाख ७६ गरी जम्मा १ अरब २ करोड ५२ लाख ९९ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ६० करोड ८४ लाख ५९ हजार रहेको छ / 

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १२ करोड ६६ लाख १३ हजार व्यवस्था गरेको छ / खराब कर्जा, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ३१ करोड १ लाख ९१ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १६.१६%, खराब कर्जा २.१८%, खराब कर्जाको लागि व्यवस्था ११८.७४%, CD Ratio ७५.४२%, आधार दर ८.९७%, खुद व्याजदर अन्तर ४.३२%, ROE १२.६२%, प्रति शेयर आम्दानी वार्षिक रु. १३.३१, PE ratio ३१.५५ (भाद्र १२ को मुल्यमा), networth रु. ११८.५५, प्रति शेयर कुल सम्पतिको मूल्य रु. ८८३.१२ रहेको छ / 

विश्लेषण
निक्षेप, कर्जा लगानी र अन्य लगानी क्रमशः ३७, २६ र ८९ प्रतिशतले बढेको छ / कुल आम्दानीमा व्याज बाहेक अन्य आम्दानीको हिस्सा करिब २०% रहेको छ / खुद व्याज आम्दानी र अन्य आम्दानी क्रमशः २१ र ६३ प्रतिशतले बढेको छ / खुद आम्दानी अगिल्लो वर्ष भन्दा १३ करोड भन्दा बढी बढेको छ जुन करिब ७५% हुन्छ / बैंकले विदेशी मुद्राबाट अगिल्लो वर्ष भन्दा दोब्बर भन्दा बढी १०६% आम्दानी गरेको छ | कर्मचारी र संचालन खर्च कुल आम्दानीको ४०% रहेको छ जुन अगिल्लो वर्ष भन्दा ४१% ले बढेको छ | तुलनात्मकरुपमा यसलाई बढी नै मान्नुपर्छ / जोखिम भारित सम्पति र CD Ratio तोकिएको सिमा भन्दा केहि माथि रहेको छ यसले केहि लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको संकेत गर्छ / यसलाई लगानीयोग्य बनाउन सकेमा आम्दानी अझ बढ्न सक्ने देखिन्छ / अगिल्लो वर्ष २.१७% रहेको खराब कर्जा ०.४६% बढेर २.१८% पुगेको छ | चैत्र मसान्तमा १.९९% रहेको खराब कर्जा असार मसान्तमा ९.५४% बढेर २.१८% पुगेको छ | आम्दानी राम्रो हुँदाहुँदै पनि संचालन खर्च पछिको कुल आम्दानीको करिब २०% रकम खराब कर्जा वापत व्यवस्था गर्नमा छुट्टयाउँदा आम्दानीमा प्रतिकुल असर परेको छ /
बैंकले वर्षको आम्दानीबाट १०% सम्म लाभांश दिनसक्छ | संचित कोषबाट रकम झिक्नसक्ने अवस्था रहेको छैन |- Mr Jyoti Dahal

No comments:

Post a Comment