Thursday, September 11, 2014

Swabalamwan Laghubitta Bikash Bank - Fundamental Analysis of FY 2070/71

स्वावलम्वन लघुवित्त विकास बैंकको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १४ करोड ९८ लाख ७६ हजार, जगेडा ३६ करोड ६८ लाख ९२ हजार, सापटी २ अरब ४३ करोड ८८ लाख ८ हजार, सदस्यहरुको बचत १ अरब ५९ करोड ५१ लाख ६५ हजार, कर्जा लगानी ३ अरब ८५ करोड ७२ लाख ३२ हजार र अन्य लगानी १५ करोड ४३ लाख रहेको छ |
नाफा नोक्सान
७७ करोड ७८ लाख ४७ हजार आम्दानी तथा २२ करोड १० लाख २६ हजार व्याज खर्च पश्चात ५५ करोड ६८ लाख २१ हजार खुद व्याज आम्दानी गरेको छ | अन्य संचालन आम्दानी ६४ लाख ९७ हजार समेत गरि रु. ५६ करोड ३३ लाख १९ हजार कुल संचालन गरेको छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चातको कुल आम्दानी रु. २९ करोड ७१ लाख ५६ हजार रहेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १० करोड २९ लाख ७ हजार हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. १८ करोड २७ लाख ५० हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति ११.१८%, खराब कर्जा ०.५%, लागतमा प्रतिफल ३५.३४%, प्रति शेयर आम्दानी वार्षिक रु. १२१.९३, मूल्य आम्दानी अनुपात १३.४५ (भाद्र २५ गतेको मुल्यमा) र प्रति शेयर खुद सम्पति रु ३४५ रहेको छ |
विशेष विश्लेषण
सदस्यहरुको बचत निक्षेप करिब ३४% तथा सापटी ५४% ले वृद्धि भएको छ / कर्जा लगानी ५४% ले बढेको छ भने अन्य लगानी आधा अर्थात ५०% ले घटेको छ | व्याज आम्दानी तथा खर्च ३८ र २१ प्रतिशतले बढेको छ | नियमित संचालन आम्दानीमा व्याज बाहेक अन्य संचालन आम्दानीको हिस्सा १% भन्दा केहि मात्र बढी छ | बैंकको आम्दानीमा शुल्क, कमिसन, डिस्काउन्टको हिस्सा शून्य रहेको छ | व्याज आम्दानीको २८% मात्र व्याज खर्च गरेको देखिएको छ जसले गर्दा खुद व्याज आम्दानी ४६% ले बढेको छ | कर्मचारी र कार्यालय संचालन खर्च संचालन आम्दानीको करिब ४७% रहेको छ | कार्यक्षेत्र ग्रामीण भेग भए पनि संचालन खर्च तुलनात्मक हिसाबले हेर्दा यसलाई सामान्य नै रहेको मान्नुपर्ने हुन्छ / खुद आम्दानी १८८% ले बढेको छ |
बैंकको आम्दानीमा विविधिकरण गरेको छैन व्याजमा मात्र निर्भर रहेको छ / यसरी एकै प्रकारको आम्दानीमा मात्र निर्भर रहँदा कर्जाको व्याज बेलैमा उठ्न नसकेमा गरेको आम्दानी खराब कर्जा वापत व्यवस्था गर्नुपर्ने अवस्था आउँदा आम्दानीमा प्रतिकुल असर पर्न सक्ने तर्फ व्यवस्थापनको ध्यान गएको देखिएको छैन | कम्पनीको आम्दानी बढ्नुको अर्को कारण कर्मचारी खर्च ५% ले कम देखिएको छ भने संचालन खर्च पनि थोरै मात्र बढेको छ / वर्तमान आम्दानी अगिल्लो वर्ष भन्दा अत्यधिक बढेपनि यो आम्दानीलाई कायम राख्न सकेमा मात्र सफलता पाएको मान्न सकिन्छ / व्याज अन्तर उल्लेख गरेको छैन तर पनि के अनुमान गर्न सकिन्छ भने यसले अत्यधिक फराकिलो अन्तर कायम गरेको बुझ्न सकिन्छ / नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ५% को व्याज अन्तरमा लगानी गर्न निर्देशन दिईसकेको अवस्थमा अब लघुवित्तहरुलाई पनि त्यसै निर्देशन नदेला भन्न सकिन्न / अत: कम व्याज अन्तरमा पनि बढी लगानी परिचालन गरेर नाफा वृद्धि गर्नु सबै वित्तीय संस्थाको लागि अनिवार्यता भैसकेको छ / सदस्यहरुको बचत परिचालन बढेको भए पनि सापटी अधिक देखिएको छ |
चैत्र मसान्तमा तोकिएको सिमा भन्दा तल रहेको जोखिम भारित सम्पति सीमामा आइपुगेको छ | अगिल्लो वर्ष १.१८% रहेको खराब कर्जा करिब ५९% घटेर ०.५% मा झरेको छ |
बैंकले वर्षको आम्दानीबाट ९७% सम्म लाभांश दिनसक्ने क्षमता राख्छ | अगिल्लो वर्ष १४% बोनस शेयर र १३.३६% नगद लाभांश दिएको थियो | केन्द्रीय बैंकले लघुवित्तलाई चुक्ता पूँजी बढाउन मौद्रिक नीति मार्फत निर्देशन दिएकोले बैंकले न्युनतम ३३.४४% बोनस शेयर दिनसक्छ र केहि नगद लाभांश पनि दिनसक्छ |- Mr Jyoti Dahal

No comments:

Post a Comment